back
NMB ad

उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशमा भोलि बिदा

Kumari bank ad

काठमाडौं । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाहेक अन्यन्त्र बागमती प्रदेशभर शुक्रबार सार्वजनिक बिदा हुने भएको छ ।

बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्लाबाहेक अन्यमा लागू हुनेछ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले काठमाडौं, भक्तपुर र ललितपुरबाहेक बागमती प्रदेशका अरू जिल्लामा प्रदेश सरकारले दिएको बिदा लागू हुने बताए ।

‘प्रदेशका तीन जिल्लामा बिदा छैन,’ उनले भने, ‘बागमती प्रदेशका अरू जिल्लामा बिदा हुन्छ । संघमार्फत् कार्यालय रहेका उपत्यकाबाहेक बागमती प्रदेशभित्रका अरू जिल्लामा बिदा हुन्छ ।’

गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो ।

प्रदेशले बिदा दिँदा केन्द्र सरकारमातहत दरबन्दी भएका कार्यालय खुलेपछि मन्त्रिपरिषदले यस्तो निर्णय गर्नुपरेको थियो । उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले बिदा दिएका बेला मात्रै बिदा हुनेछ ।

२०७६ माघ ०९ गते प्रकाशित

वि.सं.२०७६ माघ ९ बिहीवार ०९:०९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...