काठमाडौँ । सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंगलबारदेखि लागू हुने नयाँ ब्याजदर लागु गरेको हो । बैंकले कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले साधारण मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशतदेखि ८.६० प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ ।
हाल बैंकका १३ वटा बचत खाता सञ्चालनमा रहेका छन् । बैंकले धेरैजसो बचत खातामा ४ देखी ६ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।
त्यस्तै, बैंकले ४ प्रकारका फरेन करेन्सी डिपोजिटमा भने १ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । पुस मसान्तमा बैंककोस्प्रेडदर ५.१४ र बेसरेट ९.९९ प्रतिशत रहेको छ ।
२०७६ माघ १४ गते प्रकाशित
वि.सं.२०७६ माघ १४ मंगलवार १३:४३ मा प्रकाशित