बागलुङ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मंगलबार आगलागी भएको छ। आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ ।
विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगभित्र पार्किङ गरेर राखिएको ध१प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ ।
आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी दिए ।
स्थानीय तथा प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । कपास उद्योग गलकोट नगरपालिका–६ का शिव आचार्यले सञ्चालन गरेका हुन् ।
२०७६ माघ १५ गते प्रकाशित
वि.सं.२०७६ माघ १५ बुधवार ०६:३७ मा प्रकाशित