back
NMB ad

खुल्यो जागिर : विभिन्न पदमा कर्मचारी माग, यस्तो छ अवसर !

Kumari bank ad

काठमाडौं । जागिर खानेहरुको लागि सुनोलो अवसर सृजना भएको छ । एक सूचना जारी गर्दै सनराइज बैंकले प्लस टु उत्तीर्णसहित मध्यम तहको ब्यवस्थापनमा कर्मचारी माग गरेको छ । बैंकले प्रदेश कार्यालयमा ब्यवसाथापन तहमा तीनजना कर्मचारी माग गरेको छ ।

यसका लागि १० वर्षको अनुभव अनिवार्य छ । त्यसमध्ये पनि ५ वर्ष शाखा ब्यवस्थापनमा बसेर काम गरेको हुनु पर्ने छ । शैक्षिक योग्यता स्नातकोत्तर अनिवार्य गरिएको छ ।

बैंकले प्रमुख आन्तरिक लेखापरीक्षकमा एक जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । यसमा पाँच वर्षको अनुभव आवश्यक छ ।

बैंकले सुपरभाइजर तथा जुनियर अफिसर स्तरका केही लेखा परीक्षक पनि माग गरेकोछ । चार्टर्ड एकाउन्टेन्टको अनुभव एक वर्षको हुनु पर्ने छ ।

यसैगरी सूचनाप्रविधि विभागमा एकजना ब्यवस्थापन तहमा कर्मचारी चाहिएको बैंकले जनाएको छ । बैंकले अफिसर स्तरमा केही शाखा प्रबन्धक पनि खोजेको छ ।

यसका लागि ४ वर्षको अनुभव आवश्यक छ। बैंकले रिलेसनसिप म्यानेजर तथा अपरेसन इन्चार्ज भनेर सुपरभाइजरदेखि सिनियर अफिसर तहसम्म केही कर्मचारी माग गरेको छ ।

यसका लागि ४ वर्षको अनुभव चाहिन्छ । कम्तिमा प्लस टु उत्तीर्ण गरेको हुनु पर्ने छ । आवेदन बैंकको वेबसाइटमा गएर दिन सकिन्छ ।

यसैगरी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पनि केही ट्रेनी कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजमेन्ट ट्रेनी ३ जना, ट्रेनी असिस्टेन्ट ३ जना र कानुनतिरको अर्को ट्रेनी असिस्टेन्ट एकजना माग गरेको छ ।

२०७६ माघ १५ गते प्रकाशित

वि.सं.२०७६ माघ १५ बुधवार ०६:५३ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...