back
NMB ad

फलाम तथा स्टिलको मूल्य वृद्धि ! वाणिज्य विभागले सोध्यो स्पष्टीकरण

Kumari bank ad

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलाम तथा स्टिलको मूल्य वृद्धिको कारण मागेको छ । विभागले नेपाल फलामे डण्डी उत्पादक संघलाई पत्र लेख्दै बजारमा फलाम तथा स्टिलको मूल्य के कारणले बढेको हो कारणसहित जवाफ पठाउन भनेको हो ।

अहिले बजारमा डन्डीको भाउ प्रतिकेजी ८ रुपैंयासम्म बढेको छ भने सिमेन्टको समेत भाऊ ५० रुपैंयासम्म बढेको छ । स्टिल तथा सिमेन्टमा भएको यो मूल्यवृद्धि करिब १० प्रतिशत हो । एकैपटक मूल्य बढाएपछि विभागले त्यसको कारण सोधेको हो ।

उद्योगीहरुले भने कच्चा पदार्थको आयातका कारण त्यसरी मूल्य बढेको बताउँदै आएका छन् । उद्योगीहरुले यसो भनिरहँदा उपभोक्ताकर्मीहरु भने बजारमा सिन्डिकेट गरेर अस्वाभाविक रुपमा मूल्य बढेको आरोप लगाइरहेका छन् ।

अहिले नेपालमा भारत लगायत देशबाट फलामको ब्लेड आयात गरेर प्रशोधन गरेर बिक्री गर्दै आएका छन् । संघका कार्यालय सचिव ज्योति कोइरालाले पत्र प्राप्त भएको पुष्टि गर्दै सबै सदस्यहरुलाई सो पत्रको जानकारी पठाउने बताए । ‘पत्र आएको छ, अब संघका सबै सदस्यहरुलाई म चिठी फरवार्ड गरिदिन्छु, अरु उहाँहरुले नै गर्नुहुन्छ’ – उनले भने ।

वि.सं.२०७६ माघ २० सोमवार १८:३८ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...