back
NMB ad

हिमालयन बैंकको नाफा २७.४५ प्रतिशतले वृद्धि, यस्तो छ बैंकको वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा २७.४५ प्रतिशत बढाएको छ । बैंकले पुससम्म ६ महिनाको अवधिमा १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३७ करोड ५३ लाख रुपैयाँ नाफा बढेको छ ।

६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई ९२ करोड ९२ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ । समीक्षा अवधिमा बैंकले २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी २ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९० पैसा छ ।

बैंकको निष्क्रिय कर्जा बढेर १.२८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा १.२५ प्रतिशत निष्क्रिय कर्जा थियो । ६ महिनामा बैंकले १० करोड ९५ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ ।

बैंकको निक्षेप लागत ६.३४, सीसीडी ७३.४, आधारदर ८.९४ र स्प्रेडदर ५.३२ प्रतिशत छ । स्प्रेडदर बढी भएकाले बैंकले नाफा बढाएको हो । बैंकको सञ्चित कोषमा ६ अर्ब ११ करोड रुपैयाँ छ ।

वि.सं.२०७६ माघ २२ बुधवार १०:५२ मा प्रकाशित

You can share this post!

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...