back
NMB ad

मेगा बैंकको सिइओ अनुपमा खुञ्जेलीलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

Kumari bank ad

काठमाडौं । मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवाडर्’बाट सम्मानित हुनुभएको छ ।नेपाल व्यवस्थापन संघ (म्यान) ले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरेको हो ।

शुक्रबार विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गुर्नभयो । ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुनुहुन्छ ।

उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै सिइओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद एवं आभार व्यक्त गर्नुभयो ।

यो अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वासको रुपमा लिएको उहाँले बताउनुभयो ।

खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ । ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गर्नुभएकी खुञ्जेलीले २०७५ बैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

उहाँको नेतृत्वमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको छ भने यो बर्ष बैंक अफ दि एयर जस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेको छ । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गर्नुभएकी खुञ्जेलीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ ।

वि.सं.२०७६ माघ २५ शनिवार २०:१७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...