back
NMB ad

बिहीवार सार्वजनिक बिदा

Kumari bank ad

काठमाडौं । बिहीवार सार्वजनिक बिदा दिएको छ । एक सूचना निकाल्दै फागुन १ गते अर्थात बिहीवार पलाँता गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२५ औं जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आमुल परिर्वतनका लागि १० वर्षे जनयुद्धमा विभिन्न कारणले ज्यान गुमाएका सहिदहरुको सम्झनामासार्वजनिक बिदा दिने निर्णय गरिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम ‘पलाँताकान्छा’ले जानकारी दिनुभयो ।

एकै दिन तीन कार्यक्रम

पलाँता गाउँपालिकाले फाल्गुण १ गतेका दिन अशोक मार्गको उद्घाटन, खाँडा बस्ती समुदायलाई हस्तान्तरण र नीरा स्मृति कप उद्घाटन गर्ने भएको छ ।

तीनवटै कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिकाले पलाँता विकास निर्माण कार्यदललाई विशेष जिम्मेवारी दिएको छ । कार्यक्रम सञ्चालन हुने दिने सबै कर्मचारीलाइ पोशाकमा सहभागी हुन गाउँपालिकाले अनुरोध पनि गरेको छ।

सहिदको नामबाट विकास आयोजना

अशोक मार्ग नामाकरण गरिएको बेल्केढुंगा मोहर सैन राडुनेटा पुग्ने सडक २२ किलोमिटर निर्माण कार्य सम्पन्न भएपछि फाल्गुण( १ गते गाउँपालिकाले सोही सडकमा सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ ।

गाउँपालिकाले आफ्नै लगानीमा ‘वेलकम पलाँता यातायात’ सञ्चालन गर्ने तयारी गरिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनु भयो ।

यसैगरी गाउँपालिकाले सहिदका नाममा अशोक मार्ग, मुनाल मार्ग, गौरव चोकलगायतका विकास निर्माण आयोजना सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष बमले बताउनुभयो ।

खाँडा बस्ती समुदायलाई हस्तान्तरण

२०७५ पुष ८ गते राती भएको आगलागि बाट जलेर नष्ट भएको पलाँता १ को खाँडा बस्ती स्थानीय सरकारको पहलमा पुनःनिर्माण भएपछि फाल्गुण १ गते समुदायमा हस्तान्तरण गर्ने कार्यक्रम छ ।

बस्ती पुनःनिर्माणका लागि कर्णाली प्रदेश सरकारले प्रतिघर ५ लाखका दरले १ करोड ६० लाख रकम उपलब्ध गराएको मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले बताउनुभयो ।

को हुन् नीरा ?

पलाँता- ८ की पाँचा कुमारी बमको नाम भएकी क. नीराले जनयुद्धका बेला पाल्पाको तानसेनमा भएको दोहोरो भिडन्तमा ज्यान गुमाएकी थिइन् । उनको सम्झनामा प्रत्येक वर्षको फागुन १ गतेका दिन पलाँता गाउँपालिकाले नीरा स्मृति कप सञ्चालन गर्दै आएको छ ।

जनयुद्धमा संलग्न भएर ज्यान गुमाउने नीरा पलाँताको पहिलो महिला हुन् । जनयुद्धका बेला तत्कालीन राज्य पक्षबाट २३ जना र विद्रोही पक्षबाट ४ जना गरी पलाँता गाउँपालिकाका जम्मा २७ जनाले ज्यान गुमाएका थिए ।

वि.सं.२०७६ माघ २८ मंगलवार ०५:२५ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...