back
NMB ad

शेयर बजार १७ अंक बढ्यो, दुई कम्पनीको शेयर मूल्यमा सर्किट

Kumari bank ad

काठमाडौं । मंगलवार नेप्से कारोबार अवधिभर १७ दशमलव ११ अंकले बढेर १ हजार ३४१ दशमलव ३८ विन्दुमा पुगेको छ ।

बढेर बन्द भएको बजारमा दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिका पावर कम्पनी र नेपाल सेवा लघुवित्तको शेयरमूल्य सर्वा्धिक बढेर सकारात्मक सर्किट लागेको हो ।

१ हजार ३२४ दशमलव ३१ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे पहिलो घण्टामा बढेर १ हजार ३४२ दशमलव ३७ विन्दुसम्म पुगेको थियो ।

सो पश्चात सामान्य अंकले ओरालो लागेको परिसूचक अन्त्यमा बढेर बन्द भएको हो । गत कारोबार दिनको तुलनामा यस दिन परिसूचक १ दशमलव २९ प्रतिशत बढेको हो ।

यस दिन कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेको छ ।

कारोबार अवधिभर १७५ ओटा कम्पनीको रू. १ अर्ब ५३ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ ।मंगलवारको कारोबारमा शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ ।

कम्पनीको रू. १५ करोड २ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको अन्तिम शेयरमूल्य रू. ५६० रहेको छ । यस्तै कारोबार रकमकै आधारमा दोस्रोमा एनआईसी एशिया बैंकको रू. ११ करोड २३ लाख बराबरको शेयर कारोबार भएको छ ।

कारोबार अवधिभर दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिका पावर कम्पनी र नेपाल सेवा लघुवित्तको शेयरमूल्य सर्वा्धिक बढेर सकारात्मक सर्किट लागेको हो ।

यस्तै युनियन हाइड्रोपावरको शेयरमूल्य ५ दशमलव शून्य ८ प्रतिशत घटेको छ भने सेन्ट्रल फाइनान्सको शेयरमूल्य ४ दशमलव शून्य ८ प्रतिशत घटेको छ ।

वि.सं.२०७६ माघ २८ मंगलवार १६:१३ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...