back
NMB ad

महराको मुद्दामा अन्तिम सुनुवाइ हुँदै, के होला फैसला ? यस्तो आयो संकेत !

Kumari bank ad

काठमाडौ । प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर भएको जबर्जस्ती करणी उद्योग मुद्दामा अन्तिम सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौमा रहेको मुद्दामा आइतबार महराका कानुन व्यवसायीहरुले बहस गर्दैछन । संसद सचिवालयमा कार्यरत एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

महराविरुद्ध कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्लाले पहिलो सुनुवाइ गर्दै महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

त्यसविरुद्ध उनी उच्च अदालत पाटनसम्म पुगेका थिए । तर पाटनले धरौटीमा रिहा गर्न अस्वीकार गर्दै एक महिनाभित्र फैसला गर्न जिल्ला अदालतको नाममा आदेश गरेको थियो । उक्त आदेशपछि जिल्लाले अन्तिम फैसलाको तयारी गरेको थियो ।

प्रमाण संकलनको कार्य सकिएसँगै काठमाडौँ जिल्ला अदालतमा मुख्य न्यायाधीश अम्बरराज पौडेलको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ माघ २६ गतेदेखि सुरु भएको थियो । सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालयका अुनसार चन्द्रकान्त खनाल, उमाकान्त पौडेलसहित अरु दुई महिला जिल्ला न्यायाधीवक्ताहरुले पीडितका तर्फबाट बहस गरेका थिए ।

उनीहरुले घटनाको विवरण र प्रहरीले संकलन गरेको प्रमाणका आधारमा महरा दोषी भएकाले १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका थिए । आइतबार महराका तर्फबाट बहस हुनेछ । उनीहरुको बहसपछि जिल्ला न्यायाधीशले उठेका बाँकी प्रश्नको बारेमा सरकारी वकिलको बहस सुन्नेछन ।

दुवैका तर्फबाट बहस सकिएपछि उनीविरुद्ध लागेको अभियोग पुष्टि हुने वा नहुने निर्णय अदालतले सुनाउने छ । उनीविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग अभियोगपत्रमा गरिएको छ ।

तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

गत असोज १२ गते संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर जबर्जस्ती करणी प्रयास गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

वि.सं.२०७६ फागुन ४ आइतवार ११:२५ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...