back
NMB ad

महरालाई सफाइका दुई आधार

Kumari bank ad

काठमाडौं । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी उद्योगमा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने फैसला गरेको छ । संसद् सचिवालयकी कर्मचारीमाथि जबर्जस्ती करणी उद्योगमा महराविरुद्धको मुद्दामा सुनवाइ गर्दै जिल्ला न्यायाधीश अम्मरराज पौडेलको एकल इजलासले निर्दोष ठहर गर्दै सफाइ दिएको हो ।

यसअघि १८ कात्तिकमा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएसँगै महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए । महरा १ सय ३५ दिनको हिरासत बसाइपछि सोमबार रिहा भएका हुन् ।

महरालाई सफाइका दुई आधार : औंठा र इन्कारी बयान

जिल्ला अदालतले महरालाई सफाइ दिनुका दुई आधार र कारण मानेको छ । अदालतले पहिलो आधारका रूपमा महराले घटना भएको भनिएको दिन आफू पीडित भनिएको महिलाको कोठामा जाँदै नगएको र उनलाई कुटपिट नगरेको बयान दिएका थिए ।

प्रहरी र अदालत दुवै निकायमा महराले दिएको यस्तो बयान र पीडित भनिएकी महिलाले पनि प्रहरी र अदालतमा उही बेहोराको बयान दिएकी थिइन् ।

पीडितले पनि महरा आफ्नो कोठामा नआएको सरकारी वकिलमा बकपत्र दिएकाले सोही आधारलाई प्रमाणका रूपमा मान्दै अदालतले निर्दोष हुने ठहर गरेको जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

औंठा छाप महराकै हो भन्ने प्रमाण अस्पष्ट :

पीडित भनिएकी महिलाको कोठाबाट संकलन गरिएका गिलास, चस्माजस्ता वस्तुमा महराको औंठा छाप परीक्षण गर्न फरेन्सिक ल्याब पठाइएको थियो । विशेषज्ञले चेकजाँच गर्दा औंठा छाप महराकै हो भनेर यकिन गर्न नसकिने प्रतिवेदन अदालतमा पेस भएको थियो ।

अदालतले सो औंठा छापको विषयमा वस्तुनिष्ठ आधार भेट्न नसक्दा महरालाई निर्दोष भन्ने सफाइको आधार बनाएको छ । सरकारी वकिलले पनि सो आधारलाई प्रमाण पुग्ने गरी बहस गर्न सकेनन् ।

फौजदारी कानुन प्रणालीको मान्यतामा कुनै पनि अपराधमा मुद्दा दर्ता हुँदा अभियोगको प्रमाण शंकारहित तवरमा हुनुपर्छ भन्ने मान्यता छ । तर, महराले सो गिलास समातेका थिए भन्ने आधार र प्रमाण प्रस्ट हुन नसक्दा सफाइको आधार बनेको हो ।

महरा छुट्दा एमसीसीको विरोधमा नारा :
पूर्वसभामुख कृष्णबहादुर महरा छुट्दा उनका समर्थकले एमसीसीको विरोधमा नारा लगाएका थिए । डिल्लीबजार कारागारबाट छुटेलगत्तै कार्यकर्ताहरूले फूलमाला लगाएर महराको स्वागत गरेका थिए । ‘एमसीसी लागू गर्न पाइँदैन’, ‘एमसीसी मुर्दावाद’ जस्ता नारा उनका समर्थकले लगाएका थिए । महरा कारागारबाट अपराह्न ४ बजे छुटेलगत्तै आफ्नो निवास प्रस्थान गरेका थिए ।

वि.सं.२०७६ फागुन ५ सोमवार १६:३३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...