back
NMB ad

गोदावरी नगरपालिकाका २७ सहकारी ‘झोला’मा

Kumari bank ad

ललितपुर । गोदावरी नगरपालिकाभित्र सञ्चालन भएका १ सय २८ मध्ये २७ सहकारी हाल झोलामा रहेका पाइएको छ ।त्यस्ता सहकारीले महिनाको एकपटक कार्यालय खोल्ने तथा साधारणसभा गरे पनि जानकारी नदिने र सम्पर्कमा नरहने गरेका छन् ।

नगरपालिकाभित्र सञ्चालित एक सय २८ मध्ये एउटा सहकारीको कार्यक्षेत्र प्रदेशमा पुगेको सहकारी शाखाप्रमुख श्रीकण्ठ घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत आर्थिक वर्ष २०७५(७६ भित्र गोदावरीमा रहेका कुल सहकारीमध्ये ६१ बचत तथा ऋण, ४५ कृषि, १७ बहुउद्देश्यीय, एक(एकवटा दुग्ध, पर्यटन र साझा सहकारी रहेका छन् ।’

गोदावरीमा सञ्चालित यी सहकारीका सञ्चालकलाई सहकारी ऐन, सहकारी विनियमावली, सम्पत्ति शुद्धीकरण र लेखा परीक्षणका बारे कमै जानकारी भएको उहाँले बताउनुभयो ।

गोदावरीमा सहकारी शिक्षाको तालिम

गोदावरी नगरपालिका–१, गोदामचौर र २ विशङ्खुमा आजदेखि सहकारी शिक्षासम्बन्धी तालिम दिइएको छ । शाखाले सहकारी साक्षरतासम्बन्धी जानकारी दिने उद्देश्यले तालिम प्रदान गरेको हो ।

तालिममा शाखाप्रमुख र सहकारी विज्ञले सम्पत्ति शुद्धीकरण, सहकारी एकीकरण, कोपोमिस र सहकारी नेतृत्व तथा व्यवस्थापनबारे शिक्षा दिने घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस तालिममा हामीले यी दुई वडाका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिवार्य रुपमा उपस्थित भनेका छौँ ।’ शाखाले बाँकी रहेका अन्य वडाका सहकारी सञ्चालक र प्रतिनिधिलाई समय मिलाएर तालिम दिने घिमिरेले बताउनुभयो । -रासस

वि.सं.२०७६ फागुन ६ मंगलवार १७:३० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...