back
NMB ad

सुनको भाउ अहिलेसम्मकै महँगाे : बनायो नयाँ कीर्तिमान, प्रतितोला कति पुग्यो ?

Kumari bank ad

काठमाण्डौ । सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । मंगलबार तोलाको ७६ हजार सात सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार नयाँ उचाईमा पुगेको छ ।

सुनको भाउ बुधवार चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको छ ।

यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन् । तर यसपालि भने फागुन महिनामा पनि कारोबार नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

यसअघिका वर्षहरुमा फागुन महिनामा दिनहुँ सुनको माग ५० किलो भन्दा धेरै हुने गरेकोमा अहिले १० देखि १५ किलो पनि नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

वि.सं.२०७६ फागुन ७ बुधवार ११:५७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...