back
NMB ad

एकीकरणपछिका योजना जानकारीका लागि आदर्श सञ्चारद्वारा एक दिने क्षमता अभिवृद्धि तालिम

Kumari bank ad

बागलुङ । एकीकरणको प्रक्रियामा रहेका आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र ओम बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिम शनिवार सम्पन्न भएको छ ।

एकीकरणपछि एकीकृत रुपमा कर्मचारीहरुले गर्ने काम, संस्थाको योजना तथा सदस्यहरुको सम्बन्धका विषयमा जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

प्रविधियुक्त दक्ष जनशक्ति, संस्थागत विकासको आधार भन्ने नाराका साथ दुवै संस्थामा कार्यरत कर्मचारीहरुलाई संस्थाको दीर्घकालिन रणनीतिक योजना अनुसार अगाडि बढ्न तालिम सहयोगी हुने सहभागीहरुले बताएका छन् ।

तालिममा संस्था एकीकरणपछि दुवै संस्थाको एकीकृत परिकल्पना, रणनीतिक योजना, योजना पुरा गर्नका लागि कर्मचारीहरुले गर्नु पर्ने काम लगायत सहकारीलाई सफल पार्न कर्मचारीका जिम्मेवारीहरुका बारेमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । उहाँले सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि कर्मचारीहरु दक्ष हुनु पर्नेमा जोड दिदै प्रविधिको अधिकतम उपयोगमा जोड दिनु भएको थियो ।

साविक धौलागिरि अञ्चलका पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था र दक्षिण कोरियाबाट फर्केका बागलुङेहरुले स्थापना गरेको ओम बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण प्रक्रिया अगाडि बढेको छ ।

दुवै संस्थाले एकीकरणका लागि पूर्व अनुमति लिएको र छिटै एकीकरण हुने तयारीमा रहेको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) ले जानकारी दिनुभयो ।

दुई संस्था एकीकरण भई बन्ने एकीकृत संस्थामा १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर पूँजि, २२ करोड बचत र २३ करोड कर्जा लगानी हुने आदर्श सञ्चार सहकारी संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो ।

आदर्श सञ्चार सहकारी संस्था र रेश बहुउद्देश्यीय सहकारी संस्थाबीच २०७३ मा एकीकरण भई काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा पहिलो सेवा केन्द्र सञ्चालन गरेको संस्थाले थप सेवाकेन्द्रमार्फत सदस्यहरुलाई सेवा दिने संस्थाले जनाएको छ ।

वि.सं.२०७६ फागुन ११ आइतवार १०:०८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...