back
NMB ad

शेयर बजार जानकारकहरु भन्छन् -‘अझै बढेर रेकर्ड राख्छ’ ‘अर्थमन्त्री बाहिरिने हल्लाले बढेको होइन !’

Kumari bank ad

काठमाडौं । पछिल्ला केही दिनयता शेयर बजार लगातार उकालो लागिरहेको छ । कारोबार रकमले पनि इतिहास रच्दै गएको छ ।

गएको आइतबार शेयर बजार परिसूचक नेप्से २६ महिनाकै उच्च बिन्दु अर्थात् १५ सय ४ अङ्कमा पुग्यो, तीन अर्ब ६० करोड रुपैयाँको कारोबार भएर एकै दिन धेरै कारोबार हुने इतिहास पनि बन्यो ।

सोमबार नेप्से सामान्य घट्यो तर कारोबार रकम भने तीन अर्ब ४० करोड नाघ्यो ।  गएको पुसदेखि कहिलेकाहीँ सामान्य घटेको नेप्से अहिले भने ११ सय बिन्दुबाट उकालो लाग्दै १५ सय बिन्दु पार गरेको छ ।

चोक, चौतारा अनि चिया पसलमा अर्थ मन्त्री फेरिँदै छन, त्यही भएर शेयर बढेको भन्ने खुबै हल्ला चलेको छ । तर लगानीकर्ताहरु भने शेयर बढ्नुमा अर्थ मन्त्री फेरिने हल्लाले मात्रै काम गरेको मान्न तयार छैनन् ।

शेयर बढ्ने समय चक्र सुरु भएको छ :  मुनंकर्मी

शेयर बजारका अध्येता दिलिप मुनंकर्मी अहिले अर्थमन्त्री डाक्टर युवराज खतिवडाको बाहिरिने हल्लाले मात्रै शेयर बजार उकालो लागेको तर्कमा कत्ति पनि सहमत हुनुहुन्न । १५ वर्षदेखिको प्रवृत्ति हेर्दा हरेक तीन/साढे तीन वर्षमा शेयर बजारमा उछाल आउने गरेको उहाँको भनाइ छ ।

‘बजार सधैँभरि घट्दैन, निश्चित समय घटेपछि फेरि उकालो लाग्नुपर्छ, गएको साउनमै यो बजार बढ्नुपथ्र्यो तर ढिलो गरी बढेको छ, समयको चक्रअनुसार नै बजार बढेको बुझ्न सकिन्छ’, शेयर बजारका जानकार मुनंकर्मीले भन्नुभयो ।

लगानीकर्ताले साढे तीन वर्षसम्म घट्दै या स्थिर हुँदै गरेको बजार झेलेको र अब भने शेयर बढ्छ भन्ने मानसिकताले शेयर किनबेच गरेको र उत्साह देखाएकाले पनि बजार बढेको उहाँको भनाइ छ ।

‘इन्भेस्टर साइकोलोजी (लगानीकर्ताको मनोविज्ञानकै) कारण बजार बढेको कुरामा धेरै हदसम्म सत्यता छ, अब बजार बढ्छ र तत्कालै घट्दैन भन्ने सोचले धेरै हदसम्म काम गरेको देखिन्छ’, मुनंकर्मीले भन्नुभयो ।

नीतिगत सुधार र बैंकको भूमिकाका कारण बजार बढ्यो : पोखरेल

पुँजी बजार लगानीकर्ता सङ्घकी प्रमुख राधा पोखरेल पछिल्लो समय नीतिगत सुधार भएको र लगानीकर्ताको मनोबल बढाउने वातावरण बढेकाले बजार बढेको दाबी गर्नुहुन्छ ।

‘तीन वर्षजति बजार घटेको शेयर अहिले बढ्नु नै थियो, यसमा म लगानीकर्ताको मनोबल मान्छु, बजार सधैँ घट्दैन, बढ्छ पनि, पुसयता त्यही देखिएको छ’ पोखरेलले भन्नुभयो, ‘यो बजार अझै बढ्छ भन्नेमा हामी आशावादी छौँ ।’

वस्तु तथा व्यापार आयातमा थोरै भए पनि कमी आउँदा विदेशिने पैसा शेयरमा लगानी भएको र विशेष गरी पछिल्लो महिना कोरोना भाइरसको कारण चीनसँगको व्यापार ठप्प हुँदा चीन जाने पैसा पनि शेयरमा लगानी भएको पोखरेलको भनाइ छ ।

‘पछिल्लो समय बैंकहरुले सहजै रुपमा शेयरमा लगानी गर्ने ऋण दिन थालेका छन्, बैंकमा लगानीयोग्य रकम बढेको छ, यसले गर्दा पनि शेयर बजार उत्साहित भएको हो’, पोखरेलले भन्नुभयो ।

बैंकले ‘ऋण लिन आउनुस्’ भनेर फोन नै गर्ने गरेको उहाँको भनाइ छ । अर्थ मन्त्रीको बहिर्गमनको हल्लाले मात्रै बजारमा उत्साह नआएको उहाँले बताउनुभयो ।

‘सुरुमा केही नकारात्मक टिप्पणी गरेपछि पछिल्लो समय अर्थ मन्त्रीले हाम्रो समस्या सुन्न थाल्नुभएको छ । एउटा समिति नै बनाउनुभएको थियो, हामीले ५८ बुँदे समस्या राखेका थियौं, केही समस्या हल हुँदैछन्, त्यसैले अहिले अर्थ मन्त्री फेरिने हल्लाले मात्रै उछाल आएको भन्न मिल्दैन’, उहाँले भन्नुभयो ।

बजार अझै बढेर रेकर्ड राख्न सक्छ : रानाभाट

स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष भरत रानाभाटले अहिलेको अवस्थामा शेयर बजारले उच्चतम बिन्दुको रेकर्ड राख्न सक्ने बताउनुभयो । देशमा भइरहेका नीतिगत सुधार, अनलाइन कारोबार र समग्र अवस्था हेर्दा यस पटक नेप्से थप बलियो बिन्दुमा पुग्ने उहाँको विश्वास छ ।

‘दुई तिहाइ बहुमतको स्थिर सरकार छ, लगानीको वातावरण बनेको दाबी छ । नीतिगत सुधार भएका छन्, धितोपत्र बोर्डमा सक्षम नेतृत्व आएको छ, यी सबै हेर्दा त नेप्सले यो पटक रेकर्ड राख्न सक्छ’, अध्यक्ष रानाभाटले भन्नुभयो ।

२०७३ सालको साउनमा नेप्से १८ सय ८१ बिन्दुमा पुगेको थियो, त्यो बेलाको भन्दा अहिलेको अर्थतन्त्र झनै सुधार भएकाले अहिले नेप्सले १८ सय बिन्दु पार गर्ने अपेक्षा लगानीकर्ताले राखेका छन् ।

‘घरमै बसेर मज्जाले कारोबार गर्न सकिने जमाना छ । बैंकहरुले शेयरको लागि ऋण दिइरहेका छन, लगानीकर्तामा उत्साह छ, त्यसैले नेप्सेले रेकर्ड तोडोस् भन्ने हाम्रो अपेक्षा हो’, ब्रोकर सङ्घका अध्यक्ष भरत रानाभाटले भन्नुभयो । (यो खबर उज्यालो अनलाइनबाट साभार गरिएको हो ।)

वि.सं.२०७६ फागुन १३ मंगलवार १०:२४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...