back
NMB ad

माथिल्लो तामाकोशी आयोजना : पेनस्टक जडानको काम आधा सकियो

Kumari bank ad

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनको परीक्षण गरिने भएको छ ।

चैत महीनाको प्रारम्भमा नै आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने भएको हो । फागुन महीनामा आवश्यक प्राविधिक कार्यहरू सम्पन्न गरी चैत महीनाको प्रारम्भमै जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए ।

आयोजनाको कठिन काम मानिएको माथिल्लो तथा तल्लो भर्टिकल साफ्ट (ठाडो सुरूङ) मा पेनस्टक जडान गर्ने काम अहिले चलिरहेको प्रवक्ता न्यौपानेको भनाइ छ ।

उनका अनुसार फागुन १५ गते सम्ममा ३७३ मीटरको तल्लो भर्टिकल साफ्टमा २३० मीटर तथा ३१० मीटरको माथिल्लो भर्टिकल साफ्टमा १४० मीटर पेनस्टक पाइप जडान सम्पन्न भएको छ ।

प्रतिशतका हिसाबले तल्लो भर्टिकल साफ्टमा ६१ दशमलव ६६ तथा माथिल्लोमा ४५ दशमलव १६ प्रतिशत पेनस्टक जडान भएको छ । समग्रमा कुल ६८३ मीटर लामो भर्टिकल साफ्टमा फागुन १५ गते सम्ममा ३७० मीटर पेन स्टक पाइप जडान सम्पन्न भएको छ । जुन भर्टिकल साफ्टको कुल लम्बाइको ५४ दशमलव १७ हुन आउँछ ।

पेन स्टक जडानको क्रम बढ्दै जाँदा पेनस्टक जडानको समयावधि कम लाग्ने तथा कंक्रिटिङको काम पनि तुलनात्मक रूपमा सहज हुने भएकाले जडानको गति बढ्दै जाने न्यौपानेको आशा छ ।

तल्लो भर्टिकल साफ्टमा असार १ गते तथा माथिल्लो भर्टिकल साफ्टमा असार १० गतेबाट पेनस्टक जडान शुरू भएको थियो । अहिलेकै गतिका काम भए वैशाख मसान्तभित्र दुवै भर्टिकल साफ्टमा पेनस्टकको काम सकिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।

भर्टिकल साफ्टको काम सकिएपछि प्लगिनलगायत काम र अन्य संरचनाहरूको प्राविधिक परीक्षणको काम सम्पन्न गरी असार मसान्तसम्ममा विद्युत् उत्पादनको परीक्षण शुरू हुने गरी काम भइरहेको आयोजनाका प्रवक्ता न्यौपानेको दाबी छ ।

आयोजनाको माथिल्लो भर्टिकल साफ्टमा भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेलवे इन्जिनीयरिङ तथा तल्लो भर्टिकल साफ्टमा अस्ट्रियन कम्पनी एन्ड्रिजले पेनस्टक जडानको काम गरिरहेका छन् । तुलनात्मक रूपमा एन्ड्रिजको भन्दा टेक्सम्याकोको काम सुस्त रहेको आयोजना सम्बद्ध अधिकारीहरूको भनाइ छ ।

आयोजनाको पावरहाउस, हेडवर्क्स, प्रसारण लाइनको काम करीब सम्पन्न भइसकेको छ । रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशनको सिभिल संरचनाको काम सम्पन्न हुने अवस्थामा पुगेको छ ।

सिभिल संरचनाको काम सम्पन्न भएपछि सबस्टेशनमा उपकरण जडानको काम हुनेछ । आयोजनाका प्रवक्ता न्यौपानेका अनुसार हालसम्म आयोजना निर्माणमा करीब ४८ अर्ब खर्च भइसकेको छ ।

डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्चलगायत कारण आयोजना समाप्त हुँदासम्म आयोजनाको लागत ७२ अर्बभन्दा केही बढी हुने उनको अनुमान छ । आयोजनाको जलविद्युत् उत्पादन क्षमता ४५६ मेगावाट रहेको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार ०६:०७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...