back
NMB ad

शेयर बजार अपडेट : पहिलो घण्टामा ३.९१ अंकले घट्यो नेप्से, दुई बैंकको सर्वाधिक कारोबार

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार नेप्से कारोबार भएको पहिलो घण्टामा ३ दशमलव ९१ अंकले घटेर १ हजार ६२८ दशमलव २६ विन्दुमा पुगेको छ । १ हजार ६३८ दशमलव ३७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव २४ प्रतिशत घटेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ र वित्त समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।

आइतवार पहिलो घण्टाको कारोबारमा १६५ ओटा कम्पनीको १० हजार ४६४ पटकको कारोबारमा ३४ लाख ६६ हजार २३० कित्ताको रू. १ अर्ब ४० करोड बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. ११ करोड २९ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ३१७ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा एनआईसी एशिया बैंकको रू. ८ करोड ६ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ६५६ रहेको छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार १२:०५ मा प्रकाशित

You can share this post!

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...