back
NMB ad

गोरखाको धार्चेमा राष्ट्रिय क्यानोनिङ रन्देभू (महोत्सव) हुने

Kumari bank ad

काठमाडौं । नेपाल क्यानोनिङ एशोसिएसनले यही १७ मार्चदेखि २१ सम्म ५ दिने महोत्सव गर्ने भएको छ । एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवमा चार दिने इन्ट्री लेभल क्यानोनिङ गाइड तालिमपछि २० र २१ मार्चमा गोरखा जिल्लाको धार्चे गाउँपालिका–७ को न्याउली झरना (छाँगा) मा क्यानोनिङ गर्ने जनाएको छ।

रन्देभूमा ३०० भन्दा बढी सहभागीहरू हुने महोत्सवमा १० स्थानीय युवालाई इन्ट्री लेभल क्यानोनिङ गाइड तालिम दिने योजना छ ।एशोसिएसनले वार्षिक कार्यक्रम अनुसार पर्वतीय साहसिक पर्यटनको विकास र प्रवद्र्धनमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

एसियामा नै पहिलो पटक नेपाल क्यानोनिङ एशोसिएसनले सन् २०११ मा अन्तर्रा्ष्ट्रिय क्यानोनिङ रन्देभू (महोत्सव) को आयोजना गरेर विश्वका साहसिक पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न सफल भएको नेपाल क्यानोनिङ एशोसिएसनको विज्ञप्तिमा उल्लेख छ । एशोसिएसनले सन् २०१३ बाट प्रत्येक वर्ष महोत्सव गरिरहेको छ ।

वार्षिक कार्यक्रम अनुुसार यस वर्ष पनि स्वदेशी तथा विदेशी क्यानोनिङ व्यवसायी, पर्यटन व्यवसायी र अन्य विभिन्न क्षेत्रका व्यक्तिलाई सहभागी गराई राष्ट्रिय क्यानोनिङ रन्देभू कार्यक्रम सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी भइसकेको एशोसिएसनले जनाएको छ ।

नेपाल क्यानोनिङ एशोसिएसनको आयोजनामा धार्चे गाउँपालिका सहआयोजक रहेको नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र प्रवर्द्धनमा महोत्सव हुन लागेको हो ।

वि.सं.२०७६ फागुन २१ बुधवार ०५:१४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...