back
NMB ad

शिक्षकबाटै बहिनी बलात्कार, गर्भ रहेपछि फरार…

Kumari bank ad

बझाङ । दुर्गाथली गाउँपालिकामा बहिनी बलात्कार गर्ने शिक्षक फरार भएका छन् । मानसिक सन्तुलन ठिक नभएकी बहिनीलाई पटक पटक करणी गरेका शिक्षक गर्भ रहेपछि फरार भएका हुन् ।

गाउँपालिकाको वडा नम्बर ४ स्थित भैरव निमाविका शिक्षक शिवराज जोशी र थलीचौर माविमा कार्यरत वसन्त ओलीले मानसिक सन्तुलन गुभाएकी किशोरीलाई विभिन्न पटक करणी गरेका हुन् ।

किशोरी जोशीको हाडनाताभित्रै बहिनी हुन् । ओली पनि गाउँकै हुन् । शिक्षकद्वय जोशी र ओलीले किशोरीलाई गएको जेठदेखि विभिन्न पटक करणी गरेको रहस्य खुलेको छ ।

किशोरी गर्भवती भएपछि उनीलाई जोशी र ओलीले करणी गरेको खुलेको हो । किशोरीको पेटमा अहिले ७ महिनाको गर्भ छ ।किशोरी गर्भवती भएपछि उनका आफन्त र छिमेकीले शिक्षकद्वयलाई कारबाही गर्न माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । ‘शिक्षकहरुबाट यस्तो कुकृत कार्य भएको रहेछ’ उपेन्द्र रेग्मीले भने, ‘कारबाहीको लागि प्रहरीका उजुरी दिएका छौं । त्यस्ता शिक्षकलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

किशोरीमा आफन्त न्याय खोज्न सदरमुकाम चैनपुमा आएका छन् । गर्भवती किशोरीलाई सदरमुकामस्थित महिला सुरक्षित आवास गृहमा राखिएको छ। आवास गृहमा हिसां तथा अन्यायमा परेका महिलालाई राख्ने गरिन्छ । महिला सुरक्षित आवास गृहले पीडित महिलालाई खाने, बस्ने व्यवस्थाको साथै कानूनी सहयोग समेत गर्दै आएको छ ।-जनतासमाचारबाट

वि.सं.२०७६ फागुन २१ बुधवार ०५:०३ मा प्रकाशित

You can share this post!

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:५२

काठमाडौँ, ३१ वैशाखः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा...

मोटरबोटले बढायो पर्यटन   

मोटरबोटले बढायो पर्यटन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:४६

कमलकुमार बस्नेत काठमाडौँ, ३१ वैशाखः नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको...

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३६

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा...

जलविद्युत् छ तर बत्ती बल्दैन   

जलविद्युत् छ तर बत्ती बल्दैन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३०

डम्मर बुढामगर ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६...