back
NMB ad

शिखर इन्स्योरेन्सको हकप्रद चैत १३ गतेदेखि विक्रीमा

Kumari bank ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर चैत १३ गतेदेखि विक्रीमा आउने भएको छ । कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट माघ १४ गते अनुमति पाएसँगै चुक्तापूँजीको ३० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीले फागुन १२ गतेसम्मका कायम शेयरधनीका लागि १० बराबर ३ को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा २०७७ साल वैशाख ३ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको हकप्रदमा एनआईबिएल एस क्यापिटलका शाखा कार्यालयहरु, शिखर इन्स्योरेन्सका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाबाट पनि अनलाइन आवेदन दिन सकिन्छ । कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको हकप्रदलाई इक्रा नेपालले इक्रा एनपि आईपीओ ग्रेड ३ प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय आधारभूत अवस्था औसत छ भन्ने बुझाउँछ ।

कम्पनीको हाल चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रहेको छ । हकप्रद बाँडफाँट पछि पूँजी रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० पुग्नेछ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार ०९:४० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...