back
NMB ad

स्थानीय सरकार तथा विद्यालयले धमाधम सार्वजनिक गर्न थाले नयाँ परीक्षा तालिका

Kumari bank ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधपछि स्थानीय सरकार तथा विद्यालयले धमाधम नयाँ परीक्षा तालिका सार्वजनिक गरेका छन् ।

कोरोना (कोभिड १९) भाइरसको त्रास फैलन सक्ने आशंकामा मन्त्रालयले कक्षा १ देखि ९ सम्मका विद्यार्थीको परीक्षा चैत ५ गतेभित्र सम्पन्न गर्न विद्यालयलाई अनुरोध गरेको थियो।

चैत दोस्रो सातादेखि परीक्षा सञ्चालनको तयारी गरिरहेका सबैजसो विद्यालयले फागुनको अन्त्यबाटै परीक्षा चलाउने गरी तालिका बनाएका हुन्।
कतिपय स्थानीय तहले कक्षा ८ को परीक्षा पनि अनुकूल समय मिलाएर आफैं सञ्चालन गर्न विद्यालयलाई अधिकार दिएका छन्। विगतमा जिल्ला स्तरीय भनिएको कक्षा ८ को परीक्षा स्थानीय तहबाट सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा फागुन २८ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। शनिबारको दिन पनि परीक्षा सञ्चालन गर्ने महानगरले जनाएको छ ।

डिल्लीबजारस्थित विजय मेमोरियल माध्यमिक विद्यालयले कक्षा ८ बाहेकको परीक्षा फागुन २७ गतेदेखि चैत ५ गतेसम्म सकिने गरी तालिका सार्वजनिक गरेको छ ।

धादिङको थाँक्रे गाउँपालिकाले कक्षा ८ को परीक्षा पनि आफू सञ्चालन गर्न जिल्लाका विद्यालयलाई अधिकार दिएको छ। अन्य कक्षाका परीक्षा पनि आफैं सञ्चालन गर्न गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

यस गाउँपालिकामा सम्पूर्ण कक्षाको परीक्षा चैत १० गतेबाट सञ्चालन गर्ने तालिका सार्वजनिक भएको छ । काठमाडौंको उत्तर भेगीय संयुक्त विद्यालय समितिले पनि फागुन २७ गतेदेखि चैत ५ गतेसम्म परीक्षा चलाउने निर्णय गरेको छ । शनिबार पनि परीक्षा चलाउने समितिको निर्णय छ ।

काठमाडौंकै पश्चिम क्षेत्र परीक्षा समितिले पनि चैत ६ गतेदेखि सञ्चालन गर्ने गरी सार्वजनिक गरेको परीक्षा तालिकालाई परिवर्तन गरेर फागुन २८ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । समितिका सदस्यसमेत रहेका विश्व निकेतन स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘सरकारले नै अनुरोध गरेपछि दुःखसुख गरेर भए पनि परीक्षा चलाउँछौं।’

काठमाडौंकै शंकरापुर नगरपालिकाले कक्षा ५ र ८ को परीक्षा चैत ६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो। तर यो निर्णय संशोधन गरेर अर्को मिति तोकिने नगरपालिकाका शिक्षा शाखा प्रमुख बौद्धराज निरौलाले बताए ।

निजी विद्यालयहरूको संगठन प्याब्सनले फागुन २८ गते वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सहअध्यक्ष डीके ढुंगानाले जानकारी दिए। मुलुकभर ६ हजार निजी तथा संस्थागत विद्यालय छन् ।

सामुदायिक विद्यालय २८ हजार छन्। ती सबै विद्यालयमा गरेर कक्षा १ देखि १२ सम्म ७५ लाखको हाराहारीमा विद्यार्थी अध्ययन गरिरहेका छन । कक्षा ११ र १२ को वार्षिक परीक्षा भने यसअघि निर्धारण गरिएकै मितिमा हुने परीक्षा बोर्डले जनाएको छ । परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले तोकिएकै समयमा परीक्षा हुने बताए ।

बोर्डले कक्षा १२ को वार्षिक परीक्षा वैशाख ८ तथा ११ को वैशाख २१ गतेबाट सञ्चालन गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने आशंकामा सरकारले विद्यार्थीलाई भाइरसको प्रक्रोप फैलिएका मुलुकमा अध्ययनमा जानसमेत प्रतिबन्ध लगाइसकेको छ । (अन्नपूर्णपोष्टबाट) 

वि.सं.२०७६ फागुन २२ बिहीवार १०:३५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...