back
NMB ad

आउँदो आइतवारदेखि बुधवारसम्म लगातार सार्वजनिक बिदा

Kumari bank ad

काठमाडौं । आउँदो आइतवारदेखि बुधवारसम्म लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ । होलीको अवसरमा फागुन २५ गतेदेखि २८ गतेसम्म बिदा हुने भएको हो ।

आइतवार २५ गते नारी दिवस परेको छ । उक्त दिन महिलाहरुलाई सार्वजनिक विदा दिइएको छ । यस्तै, २६ गते पहाडी जिल्लामा होली पर्व सार्वजनिक विदा दिइएको छ ।

त्यसैगरि २७ गते तराईमा होली पर्व भएकाले उक्त दिनपनि सार्वजनिक विदा परेको छ । होलीमा प्रदेश नम्बर २ को सरकारले भने लगातार २ दिन नै विदा दिने निर्णय लिएको छ ।

होली पर्वको अवसरमा प्रदेशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । अहिलेसम्म केन्द्र सरकारले होली पर्वमा एक दिन (फागुन २६ गते) सार्वजनिक बिदा दिने गरेको छ ।

प्रदेश सरकारले एक दिन थपेर दुई दिन बिदा दिने निर्णय प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

१५ दिने मिथिला मध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा समापनसङ्गै यस क्षेत्रमा होली मनाइने परम्परा छ । फागुन २५ गते जनकपुरधाम पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइनेछ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १२:१६ मा प्रकाशित

You can share this post!

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:२८

मुग्लिन (चितवन), ८ जेठः माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा...