back
NMB ad

एलसी कारोबार घट्यो, बैंकको आम्दानीमा असर पर्ने

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनबाट वस्तु आयात बन्द भएपछि वाणिज्य बैंकहरूमा प्रतीतपत्र (एलसी) खोल्नेको संख्या र कारोबार रकममा कमी आउन थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा समग्र प्रतीतपत्र खोल्ने काम २० प्रतिशतले घटेको छ । भन्सारबाट प्राप्त हुने राजस्व घट्नुको एउटा कारण एलसीको कारोबारमा कमी आउनु पनि हो ।

तथ्यांकअनुसार चालू आवको मंसिर, पुस र माघमा २७ ओटा वाणिज्य बैंकबाट रू. ६ अर्ब बराबरको सामान एलसीमार्फत आयात भएको छ, जबकि गत आवको सोही अवधिमा रू. १२ अर्बको एलसी खोलिएको थियो ।

अहिले एलसी खोल्नेको संख्या कम हुँदा त्यसको प्रभाव स्वरूप ६ महीनापछि नेपालमा वस्तु आयात घट्नेछ । व्यापारीहरूले चीनबाट सामान आयात गर्दा एलसीमार्फत मात्र गर्दैनन् ।

अन्य माध्यमबाट पनि भुक्तानी गर्ने चलन छ । चीनतर्फ मात्र होइन, अन्य देशका लागि पनि एलसी खोल्न कम भएको बैंकहरूको भनाइ छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्र– २०७६ ले एलसीमार्फत कारोबार गर्दा सामान खरीद गर्ने १ सय ८० दिनअघि नै व्यवसायीले वाणिज्य बैंकमा एलसी खाता खोलेर प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकका अनुसार परिवर्त्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकबाट मालसामान आयात गर्दा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकमा प्रतीतपत्र खोल्नुपर्छ ।

प्रतीतपत्र कारोबार रोकिएपछि यसबापत प्राप्त हुने कमिशन आय घट्नेछ । त्यस्तै एलसी कारोबार घट्दा विदेशी मुद्रा विनिमयबापत हुने कमाइ पनि घट्ने बैंकहरूको भनाइ छ ।

व्यापार घटेपछि बैंकहरूले यसका लागि प्रवाह गर्ने ऋण पनि घटेकोसमाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेख्नुभएको छ ।

वि.सं.२०७६ फागुन २५ आइतवार ०६:३८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...