back
NMB ad

कोरोना भाइरसको असरले खस्कियो शेयर बजार, ६४.१४ अंकको गिरावाट

Kumari bank ad

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आइतबार ६४.१४ अंकले ओरालो झरेको छ । ४.६६ प्रतिशतले बजार खस्किएपछि नेप्से १ हजार ३१३ विन्दुमा आइपुगेको छ ।

कोरोना प्रभावले अर्थतन्त्र नै शिथिल भएका बेला लगानीकर्ताको मनोबल पनि खस्किएपछि बजार नकारात्मक बनेको हो । बजार खुल्नेबित्तिकै ओरालो लागेको नेप्से लगातार ओरालो झरेको थियो । आइतबारदेखि नेप्सेमा नियमितभन्दा एक घण्टा थप ५ घण्टा कारोबार शुरु भएको थियो।

आइतबारको कारोबारमा सबैभन्दा धेरै जीवन बीमा र निर्जीवन बीमा समूह क्रमशः ७.८७ र ६.९४ प्रतिशतले ओरालो झरेका छन् । ब्यांकिङ समूह ४.७ प्रतिशतले ओरालो झरेको छ । सबै समूह ओरालो लागेका थिए ।

आइतबार १७४ कम्पनीका रु. २ अर्ब १० करोड बराबरका ५५ लाख ७० हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै सामुदायिक लघुवित्त र हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले १०र१० प्रतिशत गुमाए ।

अन्य सबै कम्पनीका लगानीकर्ताले गुमाएपनि तीन वटा कम्पनीका लगानीकर्ताले झिनो रकम भने कमाए । युनाइटेड मोदी हाइड्रोपावर, सिन्धु विकास ब्यांक र वोमी माइक्रोफाइनान्सका लगानीकर्ताले १ प्रतिशतभन्दा थोरै मात्र नाफा गरे ।

वि.सं.२०७६ चैत २ आइतवार १६:२६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...