back
NMB ad

३.३५ अंकले बढ्यो शेयर बजार, यी तीन कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । सोमबार बजार ३.३५ अंक बढेर नेप्से परिसूचक १ हजार ३१६ अंकमा पुगेको छ । आइतबार बजार ६४ अंकले घटेको थियो ।

बजार बढे पनि कारोबार रकम आइतबारको भन्दा कम भएको छ । सोमबार १ अर्ब ६१ करोड ५३ लाख रुपैयाँ बराबरको ४१ लाख ९१ हजार ४१५ कित्ता सेयर किनबेच भएको छ । आइतबार २ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । नेपाल लाइफको प्रतिकित्ता १ हजार १०२ रुपैयाँमा १५ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै एनआईसी एसिया बैंकको ५२२ मा १२ करोड ८१ लाख र एनएमबी बैंकको ४०८ रुपैयाँमा ९ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सोमबार होटल, उत्पादन र म्युचअल फण्ड समूहको सेयर मूल्य घटेको छ । बैंक तथा वित्तीय संस्था, जलविद्युत र बीमाको बढेको छ । सिभिल लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त र मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन ।

वि.सं.२०७६ चैत ३ सोमवार १६:३२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...