back
NMB ad

कोरोना भाइरस विरुद्धको लडाइमा विश्व बैंकले थप्यो २ अर्ब डलर

Kumari bank ad

काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईका लागि थप २ अर्ब डलर दिने भएको छ ।

बैंकले महामारीबाट उत्पन्न वित्तिय तथा आर्थिक संकटको प्रभाव न्यूनीकरण गर्न भनेर यस अघि उपलब्ध गराएको फाष्ट–ट्र्याक वित्तीय प्याकेजमा २ अर्ब डलर थपेर १४ अर्ब डलर पु¥याएको हो ।

योसँगै भाइरसको आर्थिक प्रभावका कारण मारमा परेको निजी कम्पनी र तिनका कर्मचारीहरुलाई टेवा दिन बैंकको अन्तरराष्ट्रिय वित्तीय कर्पोरेशन (आईएफसी)ले दिने भनेको आर्थिक सहायता यस अघिको ६ अर्ब डलरबाट बढेर ८ अर्ब डलरमा पुगेको छ ।

यीमध्ये अधिकांश रकम व्यापारको लागि आवश्यक रकम उपलब्ध गराउन, आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण संघर्ष गरिरहेका निजी कम्पनीहरुलाई चलाइराख्न आवश्यक पूँजी र मध्यकालीन वित्तका रुपमा उपलब्ध गराउन वित्तीय संस्थाहरुले प्रयोग गर्ने बैंकको भनाइ छ।

प्याकेजले पयर्टन, म्यानुफ्याक्चरिङ लगायत महामारीको चपेटामा आएका विधि क्षेत्रका विद्यमान ग्राहकलाई तिर्नु पर्ने महसुल भुक्तानीमा मद्दत गर्नेछ । यसबाट केही रकम सेवा, उपकरण र औषधिलगायत वस्तुको उच्च माग धान्न भ्याइनभ्याइ भइरहेको स्वास्थ्य सेवा उद्योगलाई पनि सहायता मिल्ने बताइएको छ ।

विकाशोन्मुख देशहरुको आवश्यकताका आधारमा छिटो र लचिलो भएर प्रतिक्रिया देखाउन बैंक प्रतिबद्ध रहेको बैंकका अध्यक्ष डेभिड मलपासले बताएका छन् ।

टेवा दिने खालका कार्यक्रम चलिरहेको र अर्थतन्त्र, कम्पनी एवम् रोजगारीलाई टिकाउन मद्दत मिलोस् भनेर ‘फण्डिङ टूल’ विस्तार गरिएको समेत उनले बताए । विश्वभर भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ भने मर्नेको संख्या पनि ८ हजार माथि उक्लिएको छ । –एजेन्सी

वि.सं.२०७६ चैत ५ बुधवार २०:५७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...