back
NMB ad

विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स घट्यो

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको माघसम्ममा अर्थतन्त्रका केही सूचकमा सकारात्मक सुधार देखिएको छ भने दुई प्रतिशतभन्दा बढीको मूल्यवृद्धिले उपभोक्तामा थप भार पनि बढेको छ ।

नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको सात महिनासम्मको देशको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार देशको शोधनान्तर अवस्था, विदेशी लगानी र निर्यात व्यापारमा निरन्तर सुधार देखिएको छ तर महँगी तुलनात्मक रूपमा बढेको छ, विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स सामान्य घटेको छ ।

बैङ्कसँग समेत रहेको विदेशी मुद्रासहित नौ महिनालाई वस्तु तथा सेवाको आयात गर्न सक्ने सञ्चिति रहेको छ । जुन अघिल्ला महिनाको तुलनामा केही बढेको अवस्था हो ।

प्रतिवेदन अनुसार प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो माघको तुलनामा करिब दोब्बरले बढेको छ । यस अवधिमा नेपालले १४ अर्ब ३८ करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको छ ।

अघिल्लो वर्षको माघसम्म यस्तो लगानी पाँच अर्ब १५ करोड रुपियाँ मात्र थियो । यसबीचमा विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स भने सामान्य घटेको छ ।

वि.सं.२०७६ चैत ६ बिहीवार ०७:०७ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...