back
NMB ad

मुलुकभरका सिनेमा हल ४० दिनलाई बन्द

Kumari bank ad

काठमाडौं । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस सन्त्रास मध्यनजर गर्दै सरकारले आगामी १८ वैशाखसम्म सिनेमा हल बन्द गर्न निर्देशन दिएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले यस्तो निर्णय गरेको हो ।

आगामी १८ वैशाखसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लबलगायत बन्द गर्ने निर्णय सो समितिले बुधबार गरेको हो ।नेपालमा चलचित्र भवन यति लामो समयसम्म बन्द गर्न लागिएको यो पहिलोपटक हो । यसअघि २०५८ सालमा तत्कालीन राजा वीरेन्द्र र उनका परिवारको राजदरबारभित्रै हत्या हुँदा १८ दिनसम्म सिनेमा हल बन्द गरिएको थियो ।

२०७२ वैशाखको विनाशकारी भूकम्पका बेला भूकम्प प्रभावित क्षेत्रमा ७ दिनदेखि १५ दिनसम्म सिनेमा हल बन्द गरिएका थिए । यसरी मुलुकभरका सिनेमा हल सबैभन्दा लामो समय ४० दिनसम्म बन्द गर्न लागिएको यो पहिलोपटक हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिद्वारा बुधबार गरिएको निर्णयको बुँदा नम्बर २ मा यस्तो भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

सिनेमा हल बन्द भएको छ कि छैन भनेर सरकारले अनुमगन पनि गर्ने भएको छ । सो अनुगमनको जिम्मा गृह मन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको राजधानी दैनिकमा समाचार छ ।

वि.सं.२०७६ चैत ६ बिहीवार ०७:३१ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...