back
NMB ad

के तपाई ग्यास नपाएर तनावमा हुनुहुन्छ ? यी स्थानहरुमा सहजै पाइन्छ (सम्पर्क नम्वरसहित)

Kumari bank ad

काठमाडौं । उपत्यका र आसपासको क्षेत्रमा ग्यास उत्पादक उद्योगहरूले आइतबारदेखि रिटेल आउटलेट खोली उपभोक्तालाई सहज आपूर्ति गराउने भएका छन् ।

कोरोना भाइरसका कारण देखिएको विश्वव्यापी समस्याले गर्दा एलपी ग्यासको माग अत्याधिक आएकाले उपभोक्तालाई सहज उपलब्ध गराउने उद्योगीहरूले त्यसो गरेका हुन् ।

नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तामा सूचना जारी गर्दै आत्यावश्यक परेको खण्डमा ती स्थान तथा वितरकमा गइ आवश्यकता परिपूर्ति गर्न आग्रह गरेका छन् ।

सम्बन्धित उद्योगले राजधानीका विभिन्न स्थानमा रहेका आफ्ना रिटेल आउटलेटमा सहजरूपमा ग्यास उपलब्ध हुने दाबी गरेका छन् । उपभोक्ताले पनि निगमले तोकेको अधिकतम बजार मूल्य १३ सय ७५ रुपैयाँ तिरेर ग्यास लैजान आग्रह गरिएको छ ।

चैत ९ देखि खुल्ने ती रिटेल आउटलेटबाट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास पाइनेछ । नेपाल आयल निगमले एलपी ग्यासको आयात नियमित भइरहेका कारण धैर्यधारण गर्न तथा अनावश्यक जगेडा नगर्न आग्रह पनि गरेको छ ।

यसैबीच नेपाल आयल निगमले निगम कार्यालयमा सहायता कक्ष स्थापना गर्ने भएको छ । मन्त्रिपरिषद् निर्णयअनुसार निगमले आइतबारदेखि सहायता कक्ष स्थापना गर्न लागेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । सहयता कक्षमा ग्यास उद्योगीका प्रतिनिधिसमेत हुनेछन् ।

वि.सं.२०७६ चैत ८ शनिवार २०:५९ मा प्रकाशित

You can share this post!

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...