back
NMB ad

एनसेलले ल्यायो‘नाइट कल र एसएमएस प्याक’: यस्ता छन् फाइदाहरु

Kumari bank ad

काठमाडौं ।  एनसेलका सबै प्रिपेड ग्राहकहरूले अब अझ सुलभ दरमाभ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् ।

एनसेल प्राइभेट लिमिटेडले मात्र १० (करसहित रुपैयाँ १२.७७ पैसा ) रुपैयाँ माभ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजनाल्याएको छ ।

यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार (चैत ६) बाट ९० दिनका लागि सञ्चालनमा आएको यो प्याकअन्तर्गत पाइने टक टाइम र एसएमएसएनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजेसम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ ।

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स३ एस्ट्रिक्स२ ह्यास डायलगरी वा एस्ट्रिक्स१७११८ ह्यास डायल गरी तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्छन् ।

साथै अंग्रजिमा एनयु टाइपगरी १७११८ मा एसएमएस पठाई पनि यो प्याकलिन सकिन्छ । आफ्नो आवश्यकताअनुसार ग्राहकले यो प्याकजति पटक पनि खरिद गर्न सक्नेछन् ।

यस प्याकअन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरू प्रयोग गर्न सक्नेछन् ।सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिबद्घता अनुरूप भ्वाइस र एसएमएस बन्डलिङ सहितको यो आकर्षक प्याक ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

एनसेलले गत पुस १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिँदै आएको छ । यो योजनाअन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन् ।

यो योजनाअन्तर्गत यदिग्राहहले १२ मिनेट टकटाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन् । त्यसैगरी यदि ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउँछन् ।

यसको मतलब जति मिनेटको टक टाइम हो त्यतिनै वटा बोनस एसएमएस ग्राहकले पाउँछन् । ग्राहकको आवश्यकता अनुसारको सेवा प्रदान गर्न एनसेलले १२ मिनेट देखि ७२० मिनेटसम्म टक टाइम रहेको विभिन्न ११ भ्वाइस प्याकहरू प्रदान गर्दै आएको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार १२:४२ मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...