back
NMB ad

राजधानीका सपिङ मल बन्द

Kumari bank ad

काठमाडौं । राजधानीका अधिकांश ठूला व्यापारिक प्रतिष्ठान बन्द भएका छन् । सपिङ मलको नाममा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठान आइतबारदेखि बन्द भएका हुन् ।

सरकारले अत्यावश्यक वस्तुबाहेक अन्य क्षेत्र बन्द गर्ने घोषणासँगै यस्ता व्यापारिक प्रतिष्ठान बन्द भएका हुन् । राजधानीको न्युरोडस्थित विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टर, सिभिल मललगायतका व्यापारिक प्रतिष्ठान बन्द भएका छन् ।

सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेकाअनुसार अधिकांश यस्ता व्यापारिक प्रतिष्ठानको कामदारसमेत त्रासका कारण बिदामा घर गइसकेका र यस्ता व्यापारिक प्रतिष्ठानबाट अत्यावश्यक बस्तु बिक्री नहुने भएपछि बन्द गरिएको हो ।

’अत्यावश्यक वस्तुभन्दा लुगाफाटो, जुक्ता, ब्यागलगायतका वस्तु बिक्री हुने र अहिलेको समयमा यस्ता वस्तु खरिद गर्ने उपभोक्ता समेत नआउने भएकाले बन्द गर्ने निर्णय गरेका हौं,’ घिमिरेले भने ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालकाअनुसार महाबौद्ध, कोटेश्वर, भृकुटीमण्डप, रत्नपार्क, न्युरोड, असनलगायतका स्थानमा रहेका होलसेल पसलसमेत बन्द भएको छ । केही पसल सोमबारदेखि पूर्णरुपमा अवस्था समान्य नहुँदासम्म बन्द हुने बताइएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दिपक पोखरेलकाअनुसार अत्यावश्यक पसल बन्द नगर्ने सरकारको नीति छ । अत्यावश्यकबाहेक अन्य बन्द हुँदा कुनै समस्या नहुने उनले बताए ।

वि.सं.२०७६ चैत ९ आइतवार १३:४७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...