back
NMB ad

मन्त्रिपरिषदको निर्णय : कोरोनाको उपचारमा खटिने चिकित्सकलाई शत प्रतिशत प्रोत्साहन भत्ता

Kumari bank ad

काठमाडौ । सरकारले कोरोना भाइरस संक्रमण उपचार तथा नियन्त्रणमा खटिने चिकित्सकहरुलाई सत प्रतिशत प्रोत्साहन भत्ता उपलव्ध गराउने भएको छ ।

आइतबार बसकेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सकको मनोवल उच्च बनाउन यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सकहरुलाई चाहिने आवश्यक पीपीएका लागि समेत सरकारले व्यवस्था गर्नेगरी आवश्यक निर्णय गरेको छ ।

त्यस्तै बैदेशिक सहायता परिचालन गर्ने र कोरोेना रोकथामका लागि सरकारले केन्द्रीय कोष खडा गर्ने नर्णय गरेको छ । जसमा सरकारले ५० करोड रकम जम्मा गरेको छ । त्यसमा मनित्रपरिषदका सदस्यहरुले एक महिनाको तलव सुविधा थप्नेछन् ।

त्यसैगरीमन्त्रिपरिषद बैठकले भारत र चीनसँग जोडिएका सवै सिमा नाकाबाट यात्रु आवागन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री खतिवडाका अनुसार चैत १० गते १० बजेदेखि सिमाबाट यात्रु आवागमन रोक्ने निर्णय भएको हो । जुन चैत १६ सम्म लागु हुनेछ । त्यस्तै सरकारले कोरोना उपचारका लागि थप एक अस्पताल तोकेको छ ।

यसअघि टेकु, बीर वीपी धुलिखेल तोकिएकोमा अव चन्द्रागिरीस्थित सशस्त्र प्रहरीको अस्पताललाई पनि कोरोना उपचारका लागि तोककिएको हो ।

सरकारका प्रवक्ता समेत रहेका खतिवडाले भारत र चीनबाट कोरोना उपचारका लागि चिकित्सक बोलाउनुपर्ने अवस्था नरहेको पनि जानकारी दिनुभएकोक छ । उहाँले ल्याव र परीक्षण गर्ने किट ल्याउने बारेमा छिमेकी मुलुक भारतसँग कुराकानी भइरहेको जानकारी दिनुभयो । आइतवारको मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न निर्णय पनि गरेको छ ।

वि.सं.२०७६ चैत १० सोमवार ०६:५२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...