back
NMB ad

चैत ११ देखि १८ गतेसम्म देश लकडाउन

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले मंगलबार बिहान ६ बजेबाट देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।

अहिलेकालागि एक साता लकडाउन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सो अवधिमा सवारी साधन चल्ने छैनन् भने मानिसहरुलाई घरभित्रै बस्न लगाइनेछ ।

यसअघि स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट कतार हुँदै गत साता नेपाल आएकी एक छात्रामा कोरोना भाइरसबाट संक्रमित भएको जानकारी गराएको थियो ।

ती छात्रालाई टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ ।उनको स्वास्थ्य अवस्था सामान्य रहेको सरकारले जनाएको छ। यसैगरी सरकारको अत्यावश्यक सेवाबाहेकको कार्यालय बन्द गर्ने निर्णय गरेको छ। कर्मचारीहरुलाई घरमै तयारी अवस्थामा रहने निर्देशन दिइएको छ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक अन्य कर्मचारीलाई घरमा रहन भनिने छ। त्यसैगरी समितिले नाका क्षेत्रमा भेला भएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिन र क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

वि.सं.२०७६ चैत १० सोमवार १९:२७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...