back
NMB ad

कोरोना कोषमा निर्माण व्यवसायीबाट १ करोड सहयोग

Kumari bank ad

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी कोषबाट कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू.१ करोड सहयोग गर्ने भएको छ ।

महासंघको बैठकले विश्वमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित संक्रमणलाई रोकथामका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

महासंघका महासचिव रोशन दाहालले देशमा परेको विपत्तिको सामना गर्नका लागि निर्माण व्यवसायीले समेत सरकारलाई हातेमालो गर्न उक्त रकम सहयोग गर्न लागेको जानकारी दिए ।

महासंघले मंगलवार बिहानदेखि चैत १८ गते साँझसम्म सरकारले गरेको ‘लकडाउन’को निर्णयको स्वागत समेत गरेको छ । ‘कोभिड–१९ भाइरसका कारण आउनसक्ने विषम परिस्थितिको पूर्वतयारीअनुसार गरिएको ‘लकडाउन’को निर्णय महासंघ स्वागत गर्दछ’, महासचिव दाहालले भने ।

महासंघले ‘लकडाउन’को समयमा निर्माण व्यवसायी सदस्यले आआफ्नो निर्माण कार्य बन्द गरी घरभित्र सुरक्षितरुपमा बस्न सबैलाई आग्रहसमेत गरेको छ ।

अहिलेको असहज अवस्थामा समेत अतिआवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिनसमेत महासंघले अनुरोध गरेको छ । रासस

वि.सं.२०७६ चैत १२ बुधवार ०७:१३ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...