back
NMB ad

बैंक तथा वित्तीय संस्थाबाट नगद निकाल्ने क्रम बढ्यो, दुई दिनमा ३ अर्ब बढी झिके

Kumari bank ad

काठमाडौं । सरकारले आवश्यकबाहेक सबै सेवा (क्षेत्र) बन्द गरेपछि बैंक तथा वित्तीय संस्थाबाट नगद निकाल्ने क्रम बढेको छ । एटीएमबाट धेरै पैसा झिकिएको बैंकहरुले बताएका छन् । दुईचार दिनयता ढुकुटीबाट ठूलो पैसा बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

‘आइतबार र सोमबार मात्र बैंक तथा वित्तीय संस्थाले तीन अर्ब रुपैयाँभन्दा बढी पैसा लगेका छन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘बिदाको समयमा नगद व्यवस्थापनका लागि पनि बैंकहरुले पैसाको जोहो गरेका हुन सक्छन् ।

बैंकहरुले राष्ट्र बैंकबाट ल्याएको पैसा बराबर नै ग्राहक (सर्वसाधारण) ले नगद झिकेको भन्ने होइन । राष्ट्र बैंकबाट ल्याइएको पैसा उनीहरुले केही बैंकको ‘भल्ट’ मा राख्छन, केही एटीएम मेसिनमा ।

केही दिनयता सर्वसाधारणले आफूसँग नगद राख्न र आवश्यक सामान किन्न नगद माग बढाएको सूचना प्राप्त भएको बैंकर्स संघले बताएको छ । ‘सर्वसाधारणले बैंकहरुबाट नगद माग बढाएको सुन्नमा आएको छ,’ संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘बन्दका कारण यकिन तथ्यांक आइसकेको भने छैन ।’ सरकारले ‘लकडाउन’ नै गरेपछि ग्राहकले केही नगद आफैसँग राख्न खोज्नु स्वाभाविक भएको शर्माको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।

वि.सं.२०७६ चैत १२ बुधवार ०८:४७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...