back
NMB ad

२ अर्बको निर्माण सामग्री नवलपरासीमा थन्कियो

Kumari bank ad

काठमाण्डौं । निर्माण ब्यवसायीहरुले विभिन्न निर्माण कार्यकालागि निर्माण सामग्रीको अभाव भएको बताईरहंदा क्रसर उद्योगहरुले भने नवलपरासी जिल्लामा मात्रै रू.२ अर्ब भन्दा बढिको निर्माण सामग्री मौज्दात रहेको बताएका छन् । देश भरिको मौज्दात रहेको निर्माण सामग्रीको परिमाण एक खर्ब भन्दा बढि रहेको व्यायसायीहरुको भनाई छ । मौज्दात निर्माण सामग्री सरकारले भारत निकासी गर्न दिनु पर्ने माग पनि गरेका छन् ।

२ बर्ष देखि सरकारले यस्ता सामग्री निर्यातमा रोक लगाएका कारण जिल्लामा मात्रै रू. २ अर्बको  निर्माण सामग्री मौज्दात रहेको क्रसर उद्योग ब्यवसायी सङ्घ नवलपरासीका अध्यक्ष चन्द्रमणी अधिकारीले बताए । २ बर्षको अवधिमा सो परिमाणको सामग्री मौज्दात रहेकोले सरकारले तत्काल निकासीको वातावरण बनाउनु पर्नेमा उनको जोड थियो । अन्यथा क्रसर घाटामा जाने निश्चित रहेको उनले बताए ।

जिल्लामा ३ लाख घनमिटर गिटी स्टक रहेको र उक्त सामग्रीको नेपालमा बजार नभएकाले आफूहरुको गिटी प्रयोग बिहीन बनेको ब्यवसायीको भनाई छ । भारतमा गिटी बेच्दा नेपालमा गिटी बालुवाको मूल्य बढ्छ भन्ने हल्लाकै कारण भारत गिटी निकासि नभएको भन्दै निकासि भए अझै नेपाली उपभोक्ताले सस्तोमा सामान पाउन सक्ने अधिकारीको दाबी छ ।

ब्यवसायीले सरकारसँग बिदेश निकासी वा स्वदेशमा नै पूर्ण उपभोग गर्न आग्रह गरेको क्रसर उद्योग महासङ्घका केन्द्रीय सदस्य सञ्जयगोबिन्द श्रेष्ठले बताए ।

प्रकाशितः २०७३ वैशाख ४

वि.सं.२०७३ वैशाख ४ शनिवार १३:३४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...