back
NMB ad

अस्ट्रेलियामा ६ जना नेपालीमा भेटियो कोरोना संक्रमण

Kumari bank ad

अस्ट्रेलिया । अस्ट्रेलियामा ६ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ । सिडनीमा चार जना विद्यार्थी र मेलबर्नमा दुई जना गरि जम्मा ६ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

सिड्नीको ग्रानभिलको एउटा अपार्टमेन्टमा बस्ने तीन जना नेपाली विद्यार्थी र एक जना नर्सिङ होममा काम गर्ने साहयक नर्समा कोरोना संक्रमण पुष्टि भएको एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देब गुरुङले जानकारी गराए ।

गुरुङका अनुसार उनीहरू हाल आइसोलेसनमा रहेका छन । एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँगै बस्ने अन्य दुई जनालाई पनि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएकोू गुरुङले बताए ।

ग्रान्भिल क्षेत्र नेपालीहरूको बाक्लो बस्ती रहेको एरिया हो । त्यसै गरि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलका अनुसार मेलबर्नमा पनि एकै परिवारका तिनजनाको कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको रोपोर्ट अझै आउन बाकी छ ।

अध्यक्ष कंडेलका अनुसार उक्त परिवारमा नेपालबाट भर्खरै आएकी सालिबाट कोरोना सरेको हो जानकारि प्राप्त भएको उनले बताए । अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन र यस्तो परिस्थितिमा एन आर एन ए विद्यार्थीको बिषयमा निकै गम्भीर भएको अध्यक्ष कडेलले बताए ।

यसैबीच एन आर एन ए अस्ट्रेलियाले सेल्फ आईसोलेसनमा रहेका र आफन्त नभएको विद्यार्थीहरुलाई आकास्मिक राहत स्वरुप अत्यावश्यक खाद्यान्न सामाग्री बितरण गरि रहेको छ ।

सिड्निमा करिब २८ जनालाई करिब ४० डलर बराबरको खाद्यान्न बितरण गरिसकिएको संयोजक गुरुङले बताए । करिब २ हप्ता देखि एक महिना दिने राहतमा अर्को चरणमा सेनिटरी सामाग्री सहित बितरण गरिने गुरुङले बताए। त्यसैगरी तास्मेनियामा पनि एकजनालागि ८ देखि ९ डलर सम्मको दुई हप्ता पुग्ने खाद्यान्न सामाग्री बितरण गरिएको एनआरएनए तास्मेनिया संयोजक सन्देश परियारले जानकारि गराए ।

परियारका अनुसार तास्मेनिया भेटिएको कोरोना संक्रमीत ब्यक्ति पुर्ण स्वस्थ भइसकेको पनि जानकारी गराए । एनआरएनएले छनोटको लागि फारम भर्ने ब्यबस्था गरेको थियो ।

उक्त फाराम मार्फत आएको विवरण अनुसार एनएसडब्लु राज्यमा सबैभन्दा बढी १२१ जना,कुइन्सल्यान्डमा ९९ जना , भिक्टोरियामा ८० जना , साउथ अस्ट्रेलियामा २२ जना,तास्मेनियामा ८ जना, वेस्टर्न अस्ट्रेलियामा ६ जना, नोर्डन टेरिटोरिमा ८ जना र अस्ट्रेलियन क्यापिटल टेरिटोरिमा २ जना गरि जम्मा ३४६ जना नेपाली सेल्फ आइसोलेशनमा रहेको र शनिबार साझ ६ बजे सम्म ४१३ जनाले फारम भरेको अध्यक्ष कंडेलले जानकारी गराए ।४१३ जनाले फारम भरे पनि भेरिफाई गर्न भने बाकी रहेको अध्यक्ष कंडेल जानकारि गराए ।

वि.सं.२०७६ चैत १५ शनिवार १९:५४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...