back
NMB ad

यी हुन विश्वका १० देश : जसलाई कोरोना भाइरसले छोएको छैन

Kumari bank ad

काठमाडौं । अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयले कोरोना भाइरसको अपडेटका लागि विश्वकै सबैभन्दा ठूलो डाटाबेस तयार पारेको छ ।

धेरैजसो सञ्चारमाध्यम र सरकारले यही विश्विद्यालयको तथ्यांक प्रयोग गरिरहेका छन्। विश्विद्यालयका अनुसार कोरोना भाइरस अहिलेसम्म विश्वका १८० देशमा पुगिसकेको छ ।

तर केही यस्ता देश छन् जहाँ एउटा पनि केश सार्वजनिक भएका छैनन् । यिनमा उत्तर कोरिया पनि सामेल छ । किम जोङ्ग उन सरकारका अनुसार त्यहाँ कोरोना भाइरसको कुनै खतरा छैन। न त अहिलेसम्म कुनै संक्रमित नै भेटिएका छन ।

जबकि उत्तर कोरिया सीमा चीन र दक्षिण कोरिया जस्ता देशसँग जोडिएको छ। यी दुवै देशबाट कोरोना भाइरस विश्वभर फैलिएको छ । जोन हपकिन्स विश्विद्यालयको ३१ मार्चसम्मको तथ्यांक अनुसार अफ्रिका महाद्वीपमा कयौँ देश यस्ता छन् जहाँ अहिलेसम्म कोरोना भाइरसको एउटा पनि केस सार्वजनिक भएको छैन।

अन्य केही देशमा पनि अहिलेसम्म कोरोनाले इन्ट्री मारेको छैन । कोरोनाभाइरस नपुगेका देशमा बोत्सवाना, बुरुण्डी, तुर्कमेनिस्तान, तजाकिस्तान, यमन, कोमोरोस, मलावी, साओतोमे एण्ड प्रिन्सिपी, लिसोथो र दक्षिण सुडान छन् ।

यसका अलावा केही साना द्वीप पनि छन् जहाँ कोरोना भाइरस अहिलेसम्म पुगेका छैनन्। यीनमा। सोलोमन आइसल्यान्ड, भानुआटु हुन्। संयुक्त राष्ट्रसंको सदस्यकारुपमा विश्वमा १९५ देश छन्। उत्तर कोरियाको आफ्नै सुर उत्तर कोरिया सरकारको दाबीमा केही विशेषज्ञहरुले प्रश्न पनि उठाइरहेका छन्। तर केहीले समर्थन पनि गरेका छन्।

उत्तर कोरिया बाँकी विश्वसँग अलग रहेकाले त्यहाँ कोरोना भाइरस नपुगेको अनुमानलाई सही मान्न सकिन्छ। तर चीन र दक्षिण कोरियासँग सीमा जोडिएकाले कोरोना नपुगेको विश्वास गर्न पनि कठिन लाग्छ। बाँकी विश्व कोरोना भाइरससँग जुधिरहँदा उत्तर कोरिया भने क्षेप्यास्त्र परीक्षणमा व्यस्त छ। उसले दुई दिनअघि मात्रै क्षेप्यास्त्र परीक्षण गरेको छ।

१३० देशमा मृत्यु कोरोना भाइरस अहिलेसम्म १८० देशमा पुगिसकेको छ। यसबाट ८ लाख ५९ हजार मानिस संक्रमित भएका छन्। १३० देशमा ४२ हजार ३४१ मानिसले ज्यान गुमाएका छन्।

एक लाख ७८ हजार मानिस सन्चो भएका छन्। सबैभन्दा धेरै १ लाख ८९ हजार अमेरिकामा संक्रमित छन्। सबैभन्दा धेरै १२ हजार ४२८ जना इटालीमा मरेका छन्। एजेन्सी

वि.सं.२०७६ चैत १९ बुधवार १४:२७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...