back
NMB ad

अब एक घर एक पासको व्यवस्था !

Kumari bank ad

भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको उल्लङ्घन भएपछि भक्तपुर नगरपालिकाले अनुमतिपत्रको प्रबन्ध गरेको छ ।

नगरपालिकाभित्र धेरै स्थानीयवासी बाक्लोरूपमा खुलेआम हिँड्न थालेपछि नगरका बासिन्दालाई लकडाउनमा राख्न नगरपालिकाले अनुमतिपत्र लागू गरेको हो ।

लकडाउनको समयमा स्थानीय बासिन्दाले हिँडडुल गर्दा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेकाले नगरपालिकाले अत्यावश्यक कामका लागि मात्रै घर बाहिर जान पाउने गरी अनुमतिपत्र लागू गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

तरकारी र खाद्यान्न पसलमा मानिसको भीड लाग्ने गरेको, बाहिर खुलमखुला हिँड्ने गरेपछि यसलाई रोक्न एक घर एक पासको व्यवस्था गरेको हो । नगरपालिकाले नगरवासीका लागि सम्बन्धित वडा कार्यालयमार्फत अनुमतिपत्र वितरण गर्न थालेको छ ।

एक घरबाट एक जना मात्र बाहिर निस्कन पाउने गरी वडा कार्यालयमार्फत अनुमतिपत्र वितरण गर्न थालिएको हो । अनुमतिपत्र लिएर एक घरबाट एकपटकमा एकजना मात्र बाहिर निस्कन पाइने छ भने परिचयपत्र बोकेर अनावश्यकरूपमा हिँडेको पाइए कारवाही गरिने प्रजापतिले बताए ।

मन्दिर, मस्जिद, चर्च, पाटीलगायत धार्मिकस्थलमा पूजाप्रार्थना गर्ने वा मर्निङवाक, योग र शारीरिक व्यायामको नाममा असुरक्षित रुपमा घरबाट बाहिर आउने, तरकारी वा खाद्यान्न किनमेलको नाममा भीडभाड गर्न नगरपालिकाले रोक लगाएको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वाले जानकारी दिए।

नगरपालिकाले आजदेखि दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूलसडक र चोकमा तरकारी बजार राख्न पूर्ण निषेध गर्दै निश्चित क्षेत्र तोकेको छ ।

नगरपालिकाले तोकेको भन्दा अन्यत्र तरकारी बजार राख्नसमेत निषेध गरेको छ भने तरकारी र खाद्यान्न पसलमा एक मिटरको दूरी राखेर कारोवार गर्नुपर्ने नियमलाई कडाइ गर्ने भएको छ । रासस

वि.सं.२०७६ चैत १९ बुधवार १५:०८ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...