back
NMB ad

बागमती प्रदेशमा ६ सय ५४ जना क्वारेन्टाइनमा

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशमा ६ सय ५४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारसम्म प्रदेशका १३ जिल्लामा ६ सय ५४ जनालाई क्वारेन्टाइमा राखिएको हो ।

विदेशबाट आएका र शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिए । मन्त्रालयले तयार पारेको तथ्यांकमा चितवनमा चार सय २१, भक्तपुरमा ९६, धादिङमा ६९, नुवाकोटमा १४, मकवानपुरमा १३, काठमाडौंमा १२, रामेछापमा १०, काभ्रेमा सात, सिन्धुपाल्चोकमा सात र ललितपुरमा पाँचजना क्वारेन्टाइनमा रहेको उल्लेख छ । दोलखा, सिन्धुली र रसुवामा कोही पनि क्वारेन्टाइनमा नरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा एक सय ३३ जनाको स्वाब परीक्षण गरिएको छ । तीमध्ये बुधबारसम्म एक सय १० जनाको नतिजा आइसकेको र कसैमा पनि कोरोना संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ  ।

दुई सय तीनजना आइसोलेसनमा 
प्रदेशका १३ जिल्लामा हालसम्म दुई सय तीनजनालाई आइसोलेसनमा राखिएको छ । शंकास्पद बिरामी सबैलाई आइसोलेसनमा राखेर पूर्ण निगरानी भइरहेको मन्त्रालयका प्रवक्ता सुवेदीले बताए । आइसोलेसनमा रहेका सबैको उपचारमा स्वास्थ्यकर्मी खटाइएको र उनीहरूको अवस्थाबारे बारम्बार जानकारी लिइएको उनले जानकारी दिए ।

मन्त्रालयको तथ्यांकअनुसार चितवनमा एक सय ६१, ललितपुरमा २६, सिन्धुपाल्चोकमा ६, सिन्धुलीमा पाँच, काभ्रेमा तीन, मकवानपुरमा एक र नुवाकोटमा एकजनालाई आइसोलेसनमा राखिएको छ । काठमाडौं, रसुवा, भक्तपुर, धादिङ, रामेछाप र दोलखामा कसैलाई पनि आइसोलेसनमा नराखिएको मन्त्रालयले जनाएको छ ।

दुई हजार पाँच सय ३३ बेडको क्वारेन्टाइन तयार
बागमती प्रदेशमा हालसम्म दुई हजार पाँच सय ३३ बेडको क्वारेन्टाइन तयार पारिएको छ । एक हजार दुई सय ५६ बेडको क्वारेन्टाइन तयारीको क्रममा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबारसम्ममा काठमाडौंमा एक सय १९, ललितपुरमा ९७, भक्तपुरमा दुई सय ५३, रसुवामा दुई सय ६, धादिङमा चार सय ६४, चितवनमा एक सय ८२, सिन्धुलीमा एक सय १९, मकवानपुरमा एक सय ८६, रामेछापमा दुई सय २७, दोलखामा एक सय १६, काभ्रेमा एक सय ४३ र सिन्धुपाल्चोकमा दुई सय १३ बेडको क्वारेन्टाइन तयार भएको मन्त्रालयले जनाएको छ ।-नयाँ पत्रिकाबाट

वि.सं.२०७६ चैत २० बिहीवार ०७:११ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...