back
NMB ad

आजदेखि नयाँ ठेक्का प्रकृया

Kumari bank ad

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) उपचार तथा रोकथामका लागि भन्दै ओबीसीआई प्राइभेट लिमिटेडसँग गरेको स्वास्थ्यजन्य सामग्री खरिद सम्झौता रद्द गरेको छ ।

ओबीसीआईले तोकिएको समयमा सामान ल्याउन नसकेपछि सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । ओम्नीले कबुल गरेको सामानको १० प्रतिशत हाराहारीमा मात्रै ल्याएको थियो । कुल कबुल अंकको १८ प्रतिशत रुपैयाँबराबरको सामान ओम्नीले ल्याएको विभागले जनाएको छ ।

ओबीसीआईले सम्झौताअनुसार काम गर्न नसकेपछि धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने सरकारको तयारी छ । सरकारले ११ चैतमा २४ घण्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबीसीआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो ।

सम्झौताअनुसार ओबीसीआईले २३ लाख ९४ हजार डलरबराबरको सामान ल्याएको थियो । बिना प्रतिस्पर्धा अत्यधिक मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।

विवादित ओबीसीआईसँग गरेको औषधिजन्य उपकरण खरिदको सम्झौता रद्द गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान खरिदका लागि फेरि नयाँ प्रक्रिया सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले भने, ‘पुरानो टेन्डर हालेकाहरूलाई भोलि (आज बिहीबार) बोलाउँछौं । कति उनीहरूले दिन सक्छ भनेर सोध्छौं र फेरि अर्को सम्झौता गर्छौं ।’

वि.सं.२०७६ चैत २० बिहीवार ०७:३३ मा प्रकाशित

You can share this post!

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२०

काठमाडौँ, १ जेठः सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी...

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१६

काठमाडौँ, १ जेठ : सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष...

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१४

काठमाडौँं, १ जेठ : नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम,...

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५६

काठमाडौँ, १ जेठ : सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत...