back
NMB ad

मिर्गौला बिरामीलाई निशुल्क गाडी सुविधा

Kumari bank ad

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले नियमित डायलसिस गराइरहेका मिर्गौला बिरामीहरुलाई बन्दाबन्दी अवधिमा निशुल्क गाडी उपलब्ध गराएको छ ।

बुधबारदेखि बिरामीहरुका लागि गाडी सेवा उपलब्ध गराउन थालेको नगर प्रमुख सिमा कुमारी क्षेत्रीले बताइन् ।  बन्दाबन्दीको अवधिमा भाडा बढेकाले पनि बिरामीहरुलाई निशुल्क सेवा दिएको नगर प्रमुख क्षेत्रीले बताइन् ।

उनले भनिन, “हप्तामा तीन पटकसम्म डायलसिस गर्न जानुपर्ने बिरामीका लागि थप आर्थिक भार परेको थाह भएपछि यो निर्णय गरेका हौं ।” नगरपालिकाले ग ३ च ११०० नम्बर प्लेटको स्कारपियो गाडी भाडामा लिएर डायलसिस गर्न जानेहरुलाई सुविधाको लागि उपलब्ध गराएको हो ।

हालसम्म सात जना मिर्गौला बिरामीहरुले डायलसिस गर्न जाने मिति, समय र अस्पतालको नाम टिपाएका छन् । बुधबार एक जनाले र बिहीबार दुई जनालाई डायलसिस गर्न पोखराका विभिन्न अस्पताल लगिएको छ ।

वि.सं.२०७६ चैत २० बिहीवार १२:१६ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...