back
NMB ad

सहकारी दिवसका सन्दर्भमा कोरोना नियन्त्रण केन्द्रको स्थापना

Kumari bank ad

काठमाडौं । आज ६३ औं राष्ट्रिय सहकारी दिवस । औपचारिक कार्यक्रमको आयोजना गरी देशब्यापी सहकारीका बारेमा राष्ट्रिय बहस हुनुपर्ने दिन । तर यस वर्षको सहकारी दिवस फरक ढंगले मनाइएको छ ।

कोरोना भाइरको संक्रमणका कारण विश्व सँगै देश पनि अहिले संकटमा छ । यस्तो अवस्थामा संक्रमणको रोकथामका निम्ती सहकारी दिवस केन्द्रित रह्यो । यसवर्षको ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा स्थापना भएको उक्त केन्द्रलाई बिहीबार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माीकुमारी अर्यालले शुभारम्भ गर्नुभएको हो ।

त्यस अवसरमा केन्द्रको शुभारम्भ गर्दै मन्त्री अर्यालले सहकारी सेवामूलक संस्था हो भन्ने पहिचान दिने अवसर भएको भन्दै सहकारी दिवसका दिन कोरोना उपचार केन्द्रको स्थापना गरिएको बताउनुभयो ।

सहकारीद्वारा सञ्चालित अस्पताललाई अधिकतम् प्रयोग गर्ने, केन्द्रीय स्तरमा कोरोना रोकथाम केन्द्र स्थापना गर्ने लक्ष्यका साथ यो अस्पताल छनोट गरिएको होु, मन्त्री अर्यालले भन्नुभयो, सहकारीहरु जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था हुन् ।

देश संकटमा परेको बेला सहकारीले आफ्ना सदस्यमार्फत कोरोनाबाट नआत्तिन, सचेत रहन, सम्भावित जोखिम पहिचान गर्न जनतालाई सहयोग गर्न सक्छन् र गरिरहेका पनि छन् । त्यसैको उदाहरण यो केन्द्रको शुभारम्भ हो ।

विश्व नै संकटमा परेको बेला नेपालमा लगाइएको लकडाउनका कारण जोखिम कम गर्न सजिलो भएको भन्दै मन्त्री अर्यालले यसबाट जनतामा केही अप्ठ्यारो परेपनि यसले कालान्तरमा फाइदा पुग्ने भएकाले नआत्तिन आग्रह गर्नुभयो ।

सहकारी दिवसको अवसरमा शुभारम्भ गरिएको कोरोना नियन्त्रण सहकारी केन्द्रमा सेवा लिन र सहयोग गर्न समेत मन्त्री अर्यालले त्यस अवसरमा आग्रह गर्नुभयो ।

त्यस अवसरमा भेन्टिलेटर, पिपिई लगायतको सामग्री हस्तान्तरण गरिएको थियो । कोरोनाको महामारीलाई नियन्त्रण गर्नका लागि सहकारी अभियानको ऐक्यबद्धतामा उक्त सेन्टरको स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी व्यवस्थापना समितिका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिनुभयो ।

त्यस अवसरमा मन्त्री अर्याल सहित मन्त्रालयका सचिव केदार न्यौपाने, सहकारी विभागका रजिष्ट्रार डा। टोकराज पाण्डे, नेपाल बहुउद्देश्यीय केन्द्रिय संघका अध्यक्ष सुरेन्द्र भण्डारी, सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेन्द्र पाण्डे लगायतका सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।

वि.सं.२०७६ चैत २० बिहीवार १६:४५ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...