back
NMB ad

विदेशमा रहेका ५० नेपाली कोरोना संक्रमित, ३ जनाको मृत्यू

Kumari bank ad

काठमाडौं । यूरोप, अमेरिका, मलेसिया, खाडीलगायत विभिन्न मुलुक पुगेका ५० नेपाली कोरोना संक्रमित भएका छन् । रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा विदेशमा रहेका ५० नेपाली कोरोना संक्रमित भएका हुन् ।

पोर्चुगलमा सबैभन्दा ठूलो संख्यामा १४ जना नेपालीमा कोरोना संक्रमण भएको खबर छ । यसअघि त्यहाँका विभिन्न संचारमाध्यमहरुले रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका १ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेका थिए ।

त्यसपछि उनीसहित ६ नेपालीमा कोरोना संक्रमण भएका खबरहरु थिए । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका थप ८ नेपालीमा कोरोना संक्रमण भएको गैह्रआवासीय नेपाली संघ(एनआरएन) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पुष्टि गरेसँगै पोर्चुगलमा संक्रमितको संख्या १४ पुगेको हो ।

पोर्चुगलपछि बहराइनमा पनि ठूलो संख्यामा नेपालीहरु कोरोना संक्रमित भएका छन् । यसअघि ३ जना नेपाली कोरोना संक्रमित रहेकोमा शुक्रबार बहराइनस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै एकै पटक थप ९ जना नेपालीमा कोरोना संक्रमण भेटिएको जनाएको छ । योसँगै बहराइनमा १२ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै युएईमा ८ जना, अस्ट्रेलियामा ८ जना, बेलायतमा ३ जना, कुवेतमा १ जना, मलेसियामा १ जना, कतारमा २ जना, अमेरिकामा १ जना संक्रमित भएको पुष्टि भएको छ।

संक्रमितमध्ये बेलायतमा दुई र अमेरिकामा एक गरी ३ जना नेपालीको ज्यान गएको छ भने युएईमा दुई जना नेपाली उपचारपछि निको भएका छन्

वि.सं.२०७६ चैत २२ शनिवार १५:०६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...