back
NMB ad

नागरिकको स्वास्थ्य उपचारमा सघाउन निजी अस्पतालका डाक्टरलाई सरकारको आह्वान

Kumari bank ad

काठमाडौं । निजीक्षेत्रमा कार्यरत चिकित्सकहरुलाई पनि यस संकटका घडीमा आम नागरिकको स्वास्थ्य उपचारमा सघाउन सरकारले आह्वान गरेको छ ।

सरकारले निजीक्षेत्रमा कार्यरत चिकित्सकहरुलाई सरकारी अस्पतालमै आएर सघाउन अनुरोध गर्दै सरकारी चिकित्सकलाई दिँदै आएको सेवा, सुविधा, भत्ता र तहगत ड्युटीसमेतकोे व्यवस्था मिलाउने बताएको छ ।

सरकारले उपकरण र चिकित्सक भएका निजीक्षेत्रबाट सञ्चालित अस्पतालले कोरोनाको उपचार गरेमा चिकित्सकहरुलाई सरकारीसरह भत्ता उपलब्ध गराउने जनाएको छ ।

यस क्षेत्रमा खटिने नर्स, ल्याब, प्राविधिक कर्मचारी, एम्बुलेन्स चालक, फार्मेसी, सरसफाइमा जुट्ने कर्मचारी, प्रशासनीक कर्मचारीहरुको हकमा भने सरकारले केही बोलेको छैन ।

यसै गरी सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि कोरोना भाइरस (कोभिड–१९)विरुद्धको अभियानमा खटाउने र उक्त समयमा खटिनेलाई दैनिक १५ सय रुपियाँ भत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई क्वारेन्टाइनमा रहेका मानिसले नियम पालना गरे–नगरेको अनुमगन गर्ने तथा कोरोना नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्ने जिम्मेवारी दिँदै आएकाले उनीहरुलाई दैनिक भत्ता उपलब्ध गराउने निर्णय गरिएको हो । अघिल्लो बैठकले नै महिला स्वयंसेवीकाहरुलाई काममा खटाउने निर्णय गरेको थियो ।

वि.सं.२०७६ चैत २५ मंगलवार ०८:१९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...