back
NMB ad

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

Kumari bank ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्धारित समयभन्दा केही ढिला गरी साढे ४ बजे बैठक सुरु भएको हो।

बैठकमा भौतिक दूरी कायम गर्दै नेता सहभागी भएका छन्। ‘भौतिक उपस्थितिसहितको सामाजिक दूरीका साथ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ’, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाल भन्नुभयो ।

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथाम र उपचारको क्रममा चालिएका कदमबारे जानकारी गराएका छन् ।

थापाका अनुसार ओलीले सरकारले चालेका केही कदमको उपलब्धि र सजगताबारे सचिवालय सदस्यलाई जानकारी गराउनुभएको हो ।‘बैठकमा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट कोभिड-१९ अथवा कोरोना भाइरसको विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम र उपलब्धिहरूको बारेमा बैठकलाई जानकारी गराउनु भएको छ’, थापाले फेसबुकमा लेख्नुभएको छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार १७:०० मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...