back
NMB ad

मन्त्रीमण्डल विस्तार, वाणिज्य मन्त्रीमा आए जयन्त चन्द

Kumari bank ad

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दलाई प्रधानमन्त्री केपी ओलीले वाणिज्य मन्त्रालयको जिम्मेवारी सुम्पेका छन्। चन्द मन्त्रीमा थपिएसँगै ओली मन्त्रिपरिषद् ६ उपप्रधानमन्त्री, २२ मन्त्री, १० राज्यमन्त्री र २ सहायक मन्त्रीसहित ४१ सदस्यीय भएको छ।

५१ वर्षीय नवनियुक्त मन्त्री चन्दले हिजो राष्ट्रपति भवनमा राष्ट्रपति सामु शपथ लिएका थिए । चन्द राप्रपाबाट समानुपातिक सभासदमा मनोनीत भएका हुन्।  इतिहासमा स्नातकोत्तर गरेका चन्द २०५९ सालदेखि राप्रपाका केन्द्रीय सदस्य थिए। उनी २०६० सालदेखि २०७० सालसम्म पार्टीका विदेश विभाग संयोजक पनि थिए।

संयुक्त सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भागमा परेको वाणिज्य मन्त्रालयको जिम्मेवारी यसअघि श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका दीपक बोहोराले नै सम्हालिरहेका थिए।

६ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ६ सोमवार ११:०० मा प्रकाशित

You can share this post!

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...