back
NMB ad

कालोबजारीमा रिचार्ज कार्ड बिक्री, सय रुपैयाँको रिचार्ज १२८ !

Kumari bank ad

नेपालगन्ज ।  बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा कालोबजारीमा रिचार्ज कार्ड बिक्री भइरहेको छ । नरैैनापुर २ लक्ष्मणपुरका मोहम्मद सलिम खाँले एक सय रुपैयाँ पर्ने नेपाल टेलिकमको रिचार्ज कार्ड ८० रुपैंयाँ भारुमा बिक्री भइरहेको बताए ।

उनले अन्नपूर्ण पोस्ट्सँग मोबाइल सम्पर्कमा भने, ‘पहिले ६५ रुपैयाँ भारुमा पाइन्थ्यो । लकडाउनपछि ८० भारुमा बिक्री भइरहेको छ । रिचार्ज कार्डमा कालो बजारी भए पनि कसैले रोकेको छैन।’

उनले गाउँपालिका भरी नै रिचार्ज कार्डमा कालोबजारी भइरहेको बताए। नेपाल प्रहरीको लक्ष्मणपुर चौकीका प्रहरी सहायक निरीक्षक भक्त खड्काले रिचार्ज कार्ड कालो बजारी भइरहेको विषयमा कसैले पनि गुनासो वा उजुरी नभएको बताए।

उनले भने, ‘यहाँ बेच्ने सबै सामानहरु महंगोमा बेचिरहेको भन्ने थाहा पाएर कसैले पनि चलन चल्तीको रकमभन्दा बढी नलिन भनेका छौं। रिचार्ज कार्डमा के भइरहेको छ, बुझौंला।’

इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक मानबहादुर बिसीले इ–सेवाबाट रिचार्ज गर्नेले भने एक सय रुपैयाँ दिँदा ९८ रुपैयाँको रिचार्ज गर्ने बाहेक कालोबजारी नभएको दाबी गरेका छन्।

नरैनापुरमा लकडाउनपछि खाद्यान्न अभाव भइरहेको छ। भारतीय बजारमा निर्भर यहाँका वासिन्दा सीमा नाका पूर्ण रुपमा बन्द भएपछि खाद्यान्न किन्न पाइरहेका छैनन्।

नेपाली सामान बेच्ने किराना पसलको अभावमा स्थानीयलाई दैनिक उपभोग्य वस्तुको अभाव भइरहेको इप्रका भगवानपुर र लक्ष्मणपुर प्रहरी चौकीले पनि जनाएको छ।-अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७६ चैत २६ बुधवार १५:२९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...