back
NMB ad

कोरोनाका कारण बेलायतमा थप तीन नेपालीको मृत्यु

Kumari bank ad

लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा तीन जना नेपालीको मृत्यु भएको छ । मृतकमध्ये २ जना भूतपूर्व गोर्खा सैनिक छन् भने एकजना पारिवारिक भेटघाटमा बेलायत आएका वृद्ध हुन ।

मंगलबार लण्डनको नर्थ्विक पार्क अस्पतालमा ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको निधन भएको छ । नेपालमा पर्वत पैंयू घर भएका गुरुङ मधुमेहका रोगी थिए । १ साता पहिला अस्पताल भर्ना भएका उनलाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो।

यसैगरी बेलायतको नटिङहममा बस्दै आएका अर्का पूर्व गोर्खाको पनि बुधबार नै निधन भएको हो । ५८ वर्षीय शिव श्रेष्ठको स्थानीय अस्पतालमा ज्यान गएको हो। केही दिनदेखि घरमै आइसोलेसनमा बस्दै आएका श्रेष्ठलाई श्वासप्रश्वासमा गाह्रो भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो ।

त्यसैगरी नर्थ्विक अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ ।परिवार भेट्न बेलायत आएका अन्दाजी ७६ वर्षका वृद्धको कोरोनाकै कारणबाट मृत्यु भएको उनी निकट पारिवारिक श्रोतले बताएको छ ।

विगत ४ दिनदेखि उपचाररत 
बुधबार उनी उपचाररतः अस्पतालले फोन गरेर बचाउन नसकिएको जानकारी गरेको बताइएको छ । उनको त्यहाँ चार दिनदेखि उपचार भइरहेको थियो। परिवारको अनुरोधमा उनको परिचय खुलाइएको छैन।

यसअघि बेलायतमा दुई नेपालीको पनि कोरोनाका कारण मृत्यु भइसकेको छ । ६६ वर्षीय लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको दुई साताअघि निधन भएको थियो। बेलायतको नेपाली समुदायमा बढ्दो कोरोना संक्रमण र मृत्युका खबरले यहाँका नेपालीहरु थप त्रसित बनेका छन् ।

वि.सं.२०७६ चैत २७ बिहीवार ०७:०५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...