back
NMB ad

भारतको ओडिसा राज्यमा लकडाउन दुईहप्ता लम्बाउने घोषणा !

Kumari bank ad

एजेन्सी । भारतको ओडिसा राज्यमा लकडाउन दुईहप्ताको लागि बढेको छ । कोरोनाको त्रासपछि केन्द्र सरकारले लागू गरेको २१ दिने लकडाउन यही अप्रिल १४ तारिखमा सम्पन्न हुँदैछ ।

लकडाउको समय सकिनलाग्दा ओडिसा राज्यले लकडाउन अप्रिल ३० सम्म लम्बाउने घोषणा गरेको हो । बिहीबार ओडिसाका मुख्यमन्त्री नविन पटनाइकले लकडाउन अवधि थपिएको घोषणा गरेको इन्डिया टुडेले जनाएको छ ।

हालसम्म ओडिसामा ४२ जना कोरोना संक्रमित पुष्टि भएका छन् । यसैबीच केरला राज्यलाई विज्ञहरुले लकडाउन साढे २ महिना लम्बाउन सुझाव दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन बढाउने या घटाउनेबारे विभिन्न राज्यका सरकारसँग सुझाव मागेका थिए । केरलाका विज्ञहरुले लकडाउन साढे २ महिना थप्न सुझाव दिएको बीबीसीहिन्दले जनाएको छ ।

बुधबार मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अवधि बढाउने या अन्त्य गर्ने विषयमा सबै राज्यका सरकारसँग छलफल गरेर टुंगो लगाउने जानकारी दिएका थिए । हालसम्म भारतमा ५ हजार ९१६ जना कोरोना संक्रमित छन्। त्यहाँ १ सय ७८ को मृत्यु भइसकेको छ ।

वि.सं.२०७६ चैत २७ बिहीवार ०७:१७ मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...